अल नासरको जितमा रोनाल्डोको हृयाट्रिक

Read Time = 4 mins

साउदी । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको हृयाट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल फाटे एफसीमाथि ५-० को फराकिलो जित निकाल्दा रोनाल्डोले हृयाट्रिक गर्नुभएको हो । अल नासरका लागि बाँकी दुई-दुई गोल सेनेगली फरवार्ड साडियो मानले गर्नुभयो ।

साउदी प्रो लिगमा सुरुवाती दुई खेल गुमाएपछि तेस्रो खेलमा अल नासरले सानदार जित हात पारेको हो । यसअघि अल नासरले अल इतिफक र अल ताओनसँग हार बेहोरेको थियो ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलको २७औँ मिनेटमा मानेको गोलबाट अल नासरले अग्रता लियो । उहाँलाई रोनाल्डोले पास दिनुभएको थियो ।

३८औँ मिनेटमा रोनाल्डोले सुल्तान अल घनामको पासमा टोलीका लागि दोस्रो गोल गर्नुभयो । ५५औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्नुभयो । ८१औँ मिनेटमा मानेले र इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै हृयाट्रिक पूरा गर्नुका साथै अल नासरलाई ५-० को सानदार जित दिलाउनुभयो । नयाँ सिजनको दोस्रो खेलमै रोनाल्डोको यो पहिलो हृयाट्रिक हो । यस जितसँगै अल नासर तीन खेलबाट तीन अंक जोडेर १०औँ स्थानमा उक्लिएको छ । पराजित अल फाटे चार अंक जोडेर आठौँ स्थानमा छ ।
म्याड्रिडको तेस्रो जित

रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ । रियलले सेल्टा भिगोमाथि उसकै मैदानमा १-० को जित निकाल्ने क्रममा म्याड्रिडका बेलिङहमले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ८१औँ मिनेटमा गोल गर्नुभएको थियो ।

यससँगै बेलिङहम ला लिगाको सुरुवाती तीन खेलमै गोल गर्ने खेलाडी बन्नुभएको छ । यसअघि क्रिष्टियानो रोनाल्डो लगातार सुरुवाती तीन खेलमै गोल गर्न सफल हुनुहुन्थ्यो । यसै समरमा रियल आउनुभएका उहाँले तीन खेलमा चार गोल र एक असिस्ट प्रदान गरिसक्नुभएको छ ।
रियलको यो लगातार तेस्रो जित हो । यसअघि रियलले एथलेटिको बिल्वाओ र अल्मेरियालाई पराजित गरेको थियो । लगातार तेस्रो जितसँगै शीर्षस्थानमा रहेको रियलको तीन खेलबाट नौ अंक पुगेको छ । पराजित सेल्टा तीन खेलबाट एक अंक जोडेर १६औँ स्थानमा छ ।

यता, इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीले लुटन टाउनलाई रहिम स्टर्लिङको दुई गोल र निकोलस ज्याक्सनको पहिलो गोल मद्दतले ३-० ले पराजित ग¥यो । चेल्सीको यस सिजनको पहिलो जित हो । चेल्सीले गत दुई खेलमा एकमा हार र एक खेलमा बराबरी गरेको थियो । यस जितसँगै चेल्सीको चार अंक पुगेको छ । लुटनको भने दुई खेलमा कुनै पनि अंक रहेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?