कहिले बन्ला मान्म-कोटबाडा केबलकार ?

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । दक्षिण एसियाकै पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको कालीकोटको मान्म-कोडवाडा केबलकार सम्भाव्यता अध्यानमै सिमित रहेको छ ।

जिल्ला सदरमुकाम मान्मको कोटदरवार देखी कोडावाडा जोड्ने २ हजार १ सय ५७ मिटरको दुरीमा रहने केबलकारको अधुरो डीपीआर सार्वजनिक गरेपनी अहिलेसम्म यसको निर्माणमा अन्यौलता रहेको छ ।

कर्णाली प्रदेशलाई पर्यटकीय गन्तव्य बनाउन, विमानमा कोटबाडा आएका यात्रुहरूलाई सदरमुकाम मान्म ल्याउन र सुनथराली विमानस्थलबाट बडीमालिका जान केबलकार बनाउन थालिएको हो । विमानस्थलबाट मान्म आउन धेरै समय लाग्ने भएकाले यात्राको दुरी छोटो बनाउन केबलकार बनाउन लागिएको हो ।

केबलकार निर्माणमा १ अर्ब १४ करोड ८४ लाख ६५ हजार ८ सय ९० रुपैयाँ ६८ पैसा लागत अनुमान गरिएको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख रामचन्द्र बिसीले बताउनुभयो । प्रमुख बिसीका अनुसार अहिले यो वर्ष ५ करोड वजेट प्रदेश सरकारले बिनियोजन गरेको छ । यसका लागी के काम गर्ने, कसरी गर्ने नयाँ काम भएकाले सुरु हुन नसकेको बताउनुभयो ।

डिपीआर रिपार्ट पनी अधुरै रहेकाले वजेट आएको छ काम सुरु भएको छैन् । निर्माण कम्पनीले १७ लाख ३० हजारमा डिपिआर सम्झौता गरेपनी अहिले ७ लाख मात्र पेष्की लगेको छ ।

प्रमुख बिसीले कर्णाली प्रदेशमा फरक काम भएकाले यहाँको लागी नयाँ काम भएकाले काम गर्न ढिलाई हुने र वजेट पनी ठुलो लाग्ने भएकाले निरन्तर वजेटको अभाव हुने उहाँको भनाई छ । एक किसिमले यहाँको लागी नयाँ काम, सिमित वजेट र यसको लागी सम्पुर्ण अध्यनको लागी समय लाग्ने देखिन्छ । यस वर्षको ५ करोड वजेटले के काम गर्ने, कसरी गर्ने भन्नेमा अल्मलिएका छौँ ।

२०६४ सालदेखि केवुलकारको कुरा उठेको थियो तर सम्भाव्यता अध्ययन गर्न पनि १५ वर्ष लागेको स्थानीयले बताएका छन् । मान्म-कोडवाडा केबलकार निर्माणपछि पर्यटन प्रबर्द्धनका साथै आवतजावत गर्न पनि सहज हुने आम अपेक्षा रहेको छ। अहिले मान्मदेखि कोडवाडा जान गाडीमा ३ घण्टा र पैदल जाँदा ६ घण्टा लाग्ने गरेको छ ।

नरहरिनाथको कोडवाडामा सुनथराली विमानस्थल निर्माण गरिएको छ । केबलकार तयार भए मात्र आवतजावतमा सहजता हुने स्थानीयले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?