काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिको सभापतिका चयनका लागि हुने निर्वाचनको आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाएको छ ।
समिति सभापतिमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच भागबन्डा भएको छ । उनीहरुका उम्मेदवारविरुद्ध रास्वपाले उम्मेदवारी दिएको हो ।
सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच