राजनीतिक अस्थिरतालाई रोक्न राप्रपालाई समर्थन : माधव सापकोटा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सापकोटाले माधव सापकोटाले राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राप्रपालाई सहयोग गरेको बताउनुभएको छ ।

आईतवार पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहलाई समर्थन गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्ने मौखिक सहमति भएपछि राप्रपालाई सहयोग गरेको बतानुभएको हो । उहाँले राजनीतिलाई स्थिरता दिन र बलियो एकताको स्थिति बनाउन समर्थन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समग्र राजनीतिक परिस्थितिलाई बलियो बनाउने, अहिले अस्थिरता सिर्जना भइरहेको छ, यी सबैकुरालाई स्थिर बनाउने र असमझदारी हटाउँदै बलियो एकताको स्थिति बनोस् भनेरै यो समझदारी गरिएको छ । उहाँहरुले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्नुहुनेछ ।’

सांसद सापकोटाले राजनीतिक वृत्तमा अहिले अस्थिरता सिर्जना भइरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?