झलनाथ खनालको दाबी : अर्को एसपीपी सम्झौताको तयारी हुँदैछ, त्यसपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्न पाउँछ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताउनुभएको हो । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहनुभएका उहाँले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गर्नुभयो । उहाँले एमसीसी सम्झौता, इमान्दारितपूर्वक, देशको हीतमा गरिएको थियो, राष्ट्रको हीतमा गरिएको हो भने किन दस्ताबेजहरु लुकाएको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमसीसी सम्झौता, इमान्दारितपूर्वक, देशको हीतमा गरिएको थियो, राष्ट्रको हीतमा गरिएको थियो भने दस्ताबेजहरु लुकाउनुपर्ने के जरुरत थियो त्यहाँ ? के कारणले लुकाइयो ? दालमा कालो छ भन्नेकुरा त्यहीँबाट थाहा हुन्छ । कार्यदल बनाएर अध्ययन गर्नुपर्छ भनेर मैले र डा. भीम रावलले माग गरेका हौँ । कार्यदल बनाएर अध्ययन गर्दा दिएको प्रतिवेदन एमसीसी भित्र के के समस्या छन् भन्नकुरा स्पष्ट रुपमा राखेका छौँ । नेपाली जनतालाई त्यसपछि थाहा भयो, के के रहेछन् । एकजना जनरलले मलाई के सूचना दिनुभएको छ भने, मैले नाम खुलाउँदिन भनेको छु, उहाँ अहिले भएको होइन, उहाँले के भन्नुभएको छ भने अर्को एसपीपी सम्झौताको सारा तयारी हुँदैछ, त्यसको ड्राफ्ट मैले गरेको हो, त्यसपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्न पाउँछ ।’

पूर्वप्रधानमन्त्री खनालले देशको राष्ट्रियता बचाउने कुरा केटाकेटीले गुच्चा खेलेको जस्तो नभएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?