शीर्ष तीन दलका नेताबीच सामुहिक विषयमा छलफल भयो : सभामुख घिमिरे

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सभामुख देवराज घिमिरेले शीर्ष दलका नेताहरुबीच कुराकानी नभइरहेको अवस्थालाई मध्यनजर गरेर बैठक बोलाइएको बताउनुभएको छ ।

शनिवार सिंहदरबारस्थित कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठक पछिल्लो समय तीन राजनीतिक दलका नेताहरुबीचमा सामुहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई मध्यनजर गरी बोलाइएको बताउनुभएको हो । उहाँले नेताहरुको बीचमा पछिल्लो समय कुनै सामुहिका विषयमा कुरकानी हुन नसकेको र आज सामान्य कुराकानी गराउने प्रयास भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहमति र विमति भन्दा पनि नेताहरुको बीचमा आपसमा बसेर सामुहिक विषयमा कुराकानी भएको थिएन, सामान्य कुराकानी गराउन पहल भएको छ, सामान्य कुराकानी भएको छ ।’

सभामुख घिमिरेले नेताहरुबीच सामुहिक विषयमा छलफल भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?