भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न यसको विपक्षमा रहेका सबै एकजुट हुनुपर्छ : महामन्त्री थापा

फाइल तस्वीर

Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न यसको विपक्षमा रहेका सबै एकजुट हुनुपर्ने बताउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत महामन्त्री थापाले ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्न सत्ता, शक्ति, पहुँच र नाता सम्बन्धका आधारमा मिलेमतो भइरहेको बताउनु भएको छ । जुनसुकै पार्टी र दलमा भएपनि भ्रष्टाचारको जालो तोड्न एकजुट हुन उहाँले अनुरोध समेत गर्नुभएको छ ।

‘यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटना छानबिन गर्न, गराउन हामी किन नमिल्नेरु विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आउनुपर्छ। यस्तै धारणा भएको अन्य पार्टीका साथीहरूसँग समान धारणा बनाऊँ अनि पार्टी बाहिर नागरिक आन्दोलनसँग एकाकार होऔं,’ थापाले भन्नुभएको छ ।

‘संसदमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी दुई वटा ऐन संशोधन विधेयक विचाराधीन छन्। हामीले छुट्टै दर्जनौं संशोधन हालेका छौं। यसमा राम्रोसँग काम गरौं। यस्ता आयोगमा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔं,’ महामन्त्री थापाले भन्नुभएको छ, ‘नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानून नै बनाऔं। के नीतिगत हो के होइन प्रष्ट गरौं।’

अहिले प्रयास गरेमात्र भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी संरचनागत र संस्थागत गर्ने वातावरण बन्दै गएको उहाँले बताउनु भएको छ ।

संसदबाट स्वार्थको द्व्न्द्धसम्बन्धी कानुन अविलम्ब पारित गरेर अनुसन्धान गर्ने निकायलाई निष्पक्ष र क्षमतावान बनाउन अहिलको व्यवस्थामा के के बदल्नुपर्छ यसामा काम थाल्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।

 

हेर्नुहोस् उहाँको भनाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?