फेडेरल पुनर्बिमा ब्रोकर्सलाई आइएसओ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फेडेरल रि-इन्स्योरेन्स ब्रोकर्स लिमिटेड आइएसओ ९००१ एम २०१५ प्रमाणपत्र पाउने नेपालकै पहिलो पुनर्बिमा दलाल बनेको छ । कम्पनीले जीवन तथा निर्जीवन बिमा एवं पुनर्बिमा दलाली सेवा विधाअन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं मा आइतबार एक कार्यक्रमबीच प्रमाणपत्र युनाइटेड रजिष्टार अफ सिस्टम(युआरएस) नेपाल प्रमुख प्रकाश पौडेलले फेडेरल रि-इन्स्योरेन्स ब्रोकर्स लिमिटेडका अध्यक्ष महेशकुमार अग्रवाललाई हस्तान्तरण गर्नुभयो ।

युआरएस नेपाल प्रमुख पौडेलले आइएसओ प्रमाणपत्रको महत्वबारे प्रकाश पार्दै प्रमाणपत्रले फेडेरल रि-इन्स्योरेन्स ब्रोकर्सको सञ्चालन प्रणाली, संस्थागत सुशासन, व्यवस्थापकीय कुशलता तथा ग्राहक सेवाको गुणस्तरलाई सुनिश्चित गर्ने र कम्पनीको व्यवसाय विस्तारमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

फेडेरल रि-इन्स्योरेन्स ब्रोकर्सका प्रबन्ध निर्देशक सुवर्ण पौडेलले कम्पनीले संस्था स्थापनाको छोटो समयमै उत्कृष्ट सेवा प्रदान गर्दै आएकोे बताउनुभयो । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले आइएसओ प्रमाणपत्रले उच्चस्तरको सेवा प्रदान गर्न थप हौसला प्राप्त भएको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?