जिल्ला अदालतमा आज पनि थुनुवासँग बयान लिइँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरूको बयान आज पनि जारी रहनेछ ।

सोमबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको बयान आज पनि हुने भएको हो ।

सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान लिइएको थियो । आज एक पटकमा चार जनाको हुनेगरी बयान लिन लागिएको अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

जग्गा प्रकरणमा १८ जना थुनामा छन् । पहिलो चरणमा थुनामा रहेकासँग् बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले यस प्रकरणमा आइतबार मुद्दा दर्ता गरेको थियो ।

सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय प्रस्तुत गरेपनि सरकारी वकिलले भने किर्तेमा मात्र मृत्यु भइसकेका २१ सहित ३११ जनाविरुद्ध मुद्दा चलाएको हो ।

मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । प्रहरी हिरासतमा रहेका १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?