आज धनगढीमा सन्देश सभा गर्दै समाजवादी मोर्चा

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । चार दलीय समाजवादी मोर्चाको सभा आज धनगढीमा हुने भएको छ । सन्देश सभाको नाममा मोर्चाले सातै प्रदेशमा घोषणा कार्यक्रम तय गरेअनुसार बुधबार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम गर्न लागेको हो ।

सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई मुख्य गरी मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको मोर्चाले जनाएको छ ।

सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिनुभयो ।

मोर्चाले सातै प्रदेशमा सन्देश सभा गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?