अरिङ्गालको टोकाईबाट २८ बर्षिय श्रेष्ठको मृत्यु

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 1 min

स्याङजा । बिरुवा गाउँपालिका १ किचनासका २८ बर्षिया चेलिस श्रेष्ठको अरिङ्गालको टोकाईबाट मृत्यु भएको छ ।

मंगलवार साँझको समयमा घर नजिकै जंगलमा साझको समयमा अरिङ्गाल पोल्न गएका श्रेष्ठलाई करिव ६०,७० वटा अरिङ्गाल टोक्दा घाईते भएका थिए । स्थानीयको सहयोगमा उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो ।

२०८०।०५।१३ गते ०१:३० बजे डाक्टरले उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ । अरिङ्गाल पोल्नको लागि निज सहित ६ जना गएकोमा अन्य ५ जनालाई केही नभएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रविन्द्र खनालले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?