आगलागी हुँदा करोडौंको क्षति

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका-५ मा रहेको नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति बसन्त रोकायाको घरमा मङ्गलबार आगलागी भएको छ । आगलागीबाट घरको तेस्रो तला जलेर पूर्णरुपमा नष्ट भएको छ भने दोस्रो तलामा समेत असर पारेको छ ।

उपसभापति रोकायाको घरमा आगलागी हुँदा रु एक करोड १४ लाख सात हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रवीन्द्र खरेलले बताउनुभयो । लत्ता कपडा, गरगहना (सुन र चाँदी), फर्निचर, ल्यापटप, प्रिन्टरलगायतका सामाग्री जलेर नष्ट भएको बताइएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, बालमन्दिर माविका विद्यार्थी र स्थानीयको ठुलो प्रयासमा करीव साढे दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । मानवीय र पशुचौपायमा क्षति नभएपनि अन्य घरमा रहेका भौतीक सामग्री जलेर नष्ट हुनुका साथै ठलो क्षति पुगेकाे छ ।

आगलागी नियन्त्रणका क्रममा उपसभापति रोकायाकी श्रीमती लक्ष्मी रोकायाको छातिमा सामान्य चोट समेत लागेको थियो । भने आगो नियन्त्रणमै रहेका एक जना नेपाल प्रहरीका जवान भर्याङबाट खस्दा सामान्य चोटलागेपछि ती प्रहरी जवानको जिल्ला अस्पतालमा प्रथामिक उपचारपछि मङ्गलबार नै डिस्चार्ज गरिएको छ । आगलागीबाट जिन्सी, तथा भौतिक सामग्री पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ ।

भान्सामा रहेको सुधारिएको चुल्होमा बालेको आगोको रापले माथिल्लो बैठक कक्षमा राखेको कागजातलाई भेट्टाएपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?