नेपालका लागि करण केसीले लिए पाकिस्तानको पहिलो विकेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्धघाटन खेलमा नेपाली खेलाडी करण केसी पहिले विकेट लिएका छन् । उनले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गराएका हुन् ।

पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ ।

घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।

नेपालले पहिलो पटक विश्व क्रिकेट वरियताको नम्बर १ टोली पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टी–२० विश्वकप विजेता टोली हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?