पहिरोमा परी तिलामा ९० भेडा बेपत्ता

हिमालय टाइम्स
Read Time = 2 mins

-विजय रावत

जुम्ला । गएको एकसातादेखी परेको लगातार अविरल वर्षाले जुम्लाको तिला गाउँपालिका-६ स्थित भादना पाटनमा पर्ने पिच्छोर्नी खोलामा आएको पहिरोमा परी ९० भेडा बेपत्ता भएका छन ।

खोला तार्ने क्रममा आएको बाढीसहितको पहिरोले उक्त गाउँपालिका-७ निवासी शेरबहादुर रोकायको ३२, लालबहादुर रोकायको ३२, खम्बिलाल रोकायको १२ र वडा नं ६ घोडे निवासी नरेन्द्र रोकायको १४ भेडा गरी ९० भेडा र एक कुकुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

घटना चार दिनअघि भए पनि सदरमुकामबाट करिब ५० किलोमिटर टाढा भएकोले जानकारी पाउने बित्तिकै प्रहरी चौकी रारालिही जुम्लाबाट प्रहरी टोली पठाइएको सुचना अधिकारी जोशीले बताउनुभयो । ।

प्रहरी घटनास्थल पुग्दा पहिरो गएको स्थानदेखि २०-२५ मिटर तल खोला किनारमा १५ वटा भेडा बाख्रा मृत अवस्थामा फेला परेका थिए । अन्य भेडा र एक कुुकुर बेपत्ता भएकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?