कोशी सरकार गठन विवाद : सर्वोच्चमा आज सुनुवाइ हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (शुक्रबार) सुनुवाइ हुँदैछ।

मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएको हो।

भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया नमिलेको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त रिटको पेशी सर्वोच्चले आजको लागि तोकेको हो।

एमालेका नेता कार्कीले भदौ ६ गते प्रदेश प्रमुख पर्शराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका रिट दायर गर्नुभएको छ । मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएको छ।

मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो।

थापाले विश्वासको मत लिने दिन उक्त सभाका पालैपालो अध्यक्षता गरेका दुई प्रदेशसभा सदस्यले समेत थापाको पक्षमा मत दिएको भन्दै ती मत बदर हुनुपर्ने मागसहित कार्की सर्वोच्च पुग्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?