पाकिस्तानमा एक पिताले गरे डाक्टर छोरीको हत्या

हिमालय टाइम्स
Read Time = 1 min

कराँची । पाकिस्तानमा एक पीताले डाक्टर छोरीको हत्या गरेका छन् ।

विवाहको बिषयलाई लिएर मतभेद बढे पछि पीताले आफनो डाक्टर छोरीको हत्या गरेका हुन ।

पाकिस्ताको पञ्जाब प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन ।

सो घटना पञ्जाबको राजधानी लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको मियाँवालीमा भएको हो । सिद्रा खान आफ्नो सहकर्मी डाक्टरसँग विवाह गर्न चाहन्थे तर उनका बुबाले मानेनन् ।

सोही बिषयमा बाबु र छोरीका बिचमा आन्तरिक बिबाद बढदै गए पछि पिताले आफनो छोरीलाई गोली हानेका थिए । पीताले हानेको गोली लागेकी डाक्टर सिद्रालाई घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?