ग्रिनल्यान्ड फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्रिनल्यान्ड पाँचौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा फाइनलमा प्रवेश गरेको छ । वसुन्धारास्थित समाज सामुदायिक भवनको कोर्टमा भएको सेमिफाइनलमा ग्रिनल्यान्डले आयोजक वसुन्धारा नेसनल एकेडेमी (बिएनए) लाई २५-१३ ले पराजित गर्‍यो । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले १० अंक जोड्नुभयो ।

जुनियर ब्वाइजमा स्काइलार्कले आयोजक बिएनएलाई १३-७ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । स्काइलार्कका रोजश रायमाझीले ६ स्कोर गर्नुभयो । सोही स्पर्धामा इडेन ब्रिज एकेडेमी (इबिए) ले स्किब्सलाई २८-१३ तथा ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २६–१४ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान बनाए । इबिएका एलेक्स राईले १० तथा ग्रिनल्यान्डका लक्की तामाङले नौ अंक बटुल्नुभयो ।

सिनियर ब्वाइजमा स्किब्सले नेपाल मोडेललाई ३७-२१ तथा बिएनएले ओडिसीलाई ४२-१९ ले निराश पार्दै क्वाटरफाइनल यात्रा तय गरे । स्किब्सका युनिक लिम्बूले १४ तथा बिएनएका सन्देश खड्काले २४ अंक जोड्नुभयो । अर्को लिग खेलमा हिमरश्मीले भद्रकालीमाथि १३-१० को कठिन जित दर्ता गर्‍यो । हिमरश्मीका विनोद लामाले १० स्कोर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?