बलिउड । करिना कपुर, कियारा आडवाणी र सुहाना खान हालै एक कार्यक्रममा देखिनुभएको छ । जसमा उहाँहरूको लुक्सको झलक सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । वास्तवमा अनलाइन सौन्दर्य प्लेटफर्म टिराले बिहीबार राती मुम्बईमा एक भव्य कार्यक्रममा ब्राण्डका नयाँ अनुहारहरू अनावरण गर्यो, जसमा ब्राण्ड एम्बेसडरहरू करिना कपुर र कियारा आडवाणीका साथै द आर्चिज अभिनेत्री सुहाना खान पनि उपस्थित हुनुहुन्थ्यो । यसबाहेक अर्जुन कपुर पनि सँगै देखिनुभएको थियो । जसका तस्बिरहरू सामाजिक सञ्जालमा शेयर भइरहेका छन् ।
लञ्चमा करिना, कियारा र सुहाना तीनैजनाले रेड कार्पेटमा सँगै पोज दिनुभएको थियो । लुकका बारेमा कुरा गर्दा, करिना क्लासिक ब्ल्याक पोशाकमा देखिनुभएको थियो, जुन स्टेटमेन्ट नेकलेसले पूरक थियो ।
कियारा आडवाणी कोहीभन्दा कम हुनुहुन्थेन, उहाँ एक को-आर्डर सेटमा सधैं झैँ धेरै सुन्दर देखिनुभएको थियो । सुहाना खानको कुरा गर्दा रातो पहिरनमा उहाँको सुन्दरता झल्किरहेको थियो ।
करिना कपुर अन्तिम पटक गत वर्ष आमिर खानको चलचित्र ‘लाल सिंह चड्डा’मा देखिनुभएको थियो । नेटफ्लिक्समा उहाँको ‘जाने जान’ रिलिज हुँदैछ । यस्तै, कियारा आडवाणी ‘गेम चेन्जर’मा रामचरणसँग देखिँदै हुनुहुन्छ । उहाँ हालै सत्यप्रेमको कथामा देखिनुभएको थियो जसले दर्शकको माया बटुल्न सफल भएको थियो ।
शाहरूख खानकी छोरी सुहाना खानलाई ग्लोबल कस्मेटिक ब्राण्ड मेबेलाइनका चार नयाँ ब्राण्ड एम्बेसडरमध्ये एकका रूपमा छनोट गरिएको छ । यसबाहेक उहाँ अगस्त्य नन्दा र खुसी कपुरको साथमा जोया अख्तरको चलचित्र ‘द आर्चिज’ बाट बलिउडमा डेब्यु गर्दै हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच