-संजीवकुमार मिश्रा
बारा । बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले एक घर एक रोजगारी दिने घोषणा गर्नुभएको छ । शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
रोजगारीको अभावमा युवाहरू विदेशिन बाध्य भएका छन् उहाँले भन्नुभयो, ‘युवा हातहरूको अभावमा स्थानीयस्तरमा विकासमा समेत प्रभाव पर्ने गरेको छ । उनीहरूसँग दक्षता हुँदा हुँदै पनि विदेशिन बाध्य भएका छन् । बेरोजगारीले पिरोलिएका युवाहरूको लागि आफ्नो पाँच वर्षको कार्यकालमा एक घर एक रोजगारी सिर्जना गरी विदेशिनबाट रोक्न आफूले कदम चाल्ने बताउनुभयो ।’
स्थानीय तहमै रोजगारीको सृजना गरी बेरोजगारी समस्याको समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । सीप र दक्षता भएर पनि रोजगारी नपाएर विदेशिने युवाहरू विदेशमा गएर टण्टलापुरको घाममा १८/१८ घण्टा खटिनुपरेको छ । बेग्लै परिवेशमा बसेर काम गर्नु धेरै अप्ठयाराहरूको सामना उनीहरूलाई गर्नुपर्ने अवस्थाको विद्यमानता रहेको छ । आफ्नो देश छोडी विदेशमा गएर पसिना बगाउन बाध्य भएका युवाहरूको लागि प्याकेज तयार गरेर पाँच वर्षभित्रमा एक घर एक रोजगारीको लक्ष्यका साथ आफू अगाडि बढेको उहा“ले बताउनुभयो ।
स्वदेशमा नबसी विदेशिने १० हजारभन्दा बढी युवाहरूको लागि पनि फ्री भिसा र फ्री टिकेटको व्यवस्था गर्ने उहाँले शपथग्रहण कार्यक्रममा बताउनुभयो । आफूले राम्रो काम गरेकै कारण महागढीमाई नगरपालिकाका जनताहरूले दोस्रो कार्यकालको लागि पनि आफूलाई नगर प्रमुख पदमा विजयी गराएको जानकारी दिनुभयो ।
स्थानीय तहमा पार्टीभन्दा पनि विकासप्रेमीहरूको जित होस् भन्ने उद्देश्यले पार्टीगत चुनावभन्दा स्वतन्त्र रूपमा चुनाव गराउन सरकारसँग माग गर्नुभयो । पार्टीगत चुनावले योग्यभन्दा अयोग्य व्यक्तिहरूको स्थानीय निकायको निर्वाचनमा बाहुल्यता बढ्दै गएकाले पार्टीगत चुनावभन्दा पनि स्वतन्त्र रूपमा चुनाव गराउँदा योग्य व्यक्ति पदमा पुग्ने र उनीहरूले स्थानीय निकायमा विकासको मूल फुटाउने जानकारी दिनुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल