बयलवासमा प्रहरीको नागरिक सम्वाद कार्यक्रम  

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins
सर्लाही ।  सर्लाहीको ईश्वरपुर नगरपालिका–६, स्थित बयलवासमा आज समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामाजिक विकृति र विसंगतीविरुद्ध नागरिकसँग सम्वाद कार्यक्रम गरिएको छ ।
उद्योग वाणिज्य संघको सभा हलमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, महिला अधिकारकर्मी, स्थानीयवासी, व्यापारीलगायत उपस्थित भएर समाजका वर्तमान विकृति, विसंगतीका सम्वन्धमा जिज्ञाशा, गुनासा तथा सल्लाह सुझाव राखेका छन् ।
ती सवालमा ईश्वरपुरका मेयर मनोजकुमार आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतले  जवाफ दिनुभएकाे थियाे ।
कार्यक्रममा उपमेयर रन्जितादेवी चौधरी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुंगेल, ईश्वरपुर ६ का वडाध्यक्ष रहमान अन्सारीलगायतको उपस्थिति रहेको थियो ।
सहभागीले समाजमा अझै पनि रहेको दाइजो प्रथा, लागूऔषध दुव्र्यसनी, महिला हिंसा लगायतका विषय उठान गरेका थिए ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?