एउटै बामपन्थी पार्टी बनाउने अभियानमा लागेका छौँ : इन्चार्ज पुन

हिमालय टाइम्स
Read Time = 3 mins

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र ) का स्थायी कमिटी सदस्य एबं रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले देशमा एउटै बामपन्थी पार्टी बनाउने अभियानमा लागेको वताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रले देशव्यापी रूपमा संचालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को बुटवल उपमहानगरपालिका वडानं ३ मा उद्घाटन गदै उनले एउटै वामपन्थी पार्टी बनाउने अभियानकै क्रममा समाजवादी मोर्चा निर्माण भएको तर्क गर्नु भयो।

उहाँले नयाँ ढंगको पार्टी निर्माण अहिलेको आवश्यकता रहेको वताउनु भयो उहाँले पार्टीका नेता कार्यकर्तालाई समेत रुपान्तरित हुन अभियानले प्रेरित गर्ने वताउनु भयो । नेता पुनले मुलुकमा माओवादीले उठाएका एजेण्डा स्थापित भइसकेको बताउदै पार्टीमा रहेका कमिकमजोरी औल्याउदै सबै अटने माओवादी बनाउन देशभर जनतासंग माओवादी अभियान चलाइएको बताउनु भयो । पुर्वमन्त्री समेत रहेका नेता पुनले बर्तमान सरकारले सुसासनको पक्षमा गरेका कार्यहरुको प्रसंशा गदै ति कार्यहरु जनतासंग पु–याउन नेता कार्यकर्तालाइ आग्रह गर्नु भयो । उहाँले पार्टीको संगठन निर्माण र जनताका काम संगसगै गर्नुपर्ने तर्क समेत गर्नुभयो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश सदस्य खिम नारायण पराजुली, बुटवल उपमहानगर पालिकका बडानं ३ का अध्यक्ष बिष्णु ढकाल , माओवादी केन्द्रका बुटवल उपमहानगरपलिका वडानं ३ का अध्यक्ष जगबहादुर श्रेष्ठ, इन्चार्ज जितेन्द्र खत्री,बहुमुखी आश्रीत टोल बिकास संस्थाका अध्यक्ष तोयनाथ भण्डारी लगायतले बोल्दै पार्टीले सन्चालन गरेको यस अभियानले कार्यकर्तामा नया उत्साह थप्ने र ०८४ को आम चुनावमा पहिलो पार्टी बनाउन क्रियासिल रहने र बनाउने प्रतिबद्धता जनाउनु भयो।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि माओबादीमा प्रबेश गरेका दर्जनौलाइ पार्टी स्थायी कमिटि सदस्य गणेशमान पुनले टिका खादा लगाएर स्बागत गर्नु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?