एसियाली शारीरिक सुगठनमा २३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । एसियन शारीरिक सुगठन तथा फिट्नेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको व्यवस्थापनमा काठमाडौंमा हुने ५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा १७ राष्ट्रका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरूले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन् । शारीरिक सुगठनको प्रतियोगितामा पहिलोपटक ठूलो प्रतियोगिताका रूपमा रहेको च्याम्पियनसिपमा नेपालसहित भुटान, चीन, हङकङ, भारत, कजाखस्तान, मकाउ चाइना, माल्दिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, ताजकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।

दरबारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा हुने च्याम्पियनसिपमा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्स १ गरी ४५ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धा गर्ने सबै देशका खेलाडी, अफिसियल र डेलिगेट्सहरू नेपाल आइसकेका छन् । शनिबार च्याम्पियनसिपको दोस्रो दिन मेनेजर्स मिटिङ, निर्णायक मिटिङ, डोपिङ सेमिनार तथा एसियाली कंग्रेसको आयोजना भएको छ । यस्तै, आइतबार तेस्रो दिन १७ गते खेलाडीहरूको तौल तथा हाइट मेजरमेन्ट र उमेर समूहको जाँच गर्ने कार्य हुने आयोजकले जनाएको छ ।

चौथो दिन १८ गते प्रतियोगिताको उद्घाटनका साथै १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा पहिलो दिन नेपाली १४ खेलाडीहरूले आठवटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै, १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुने र २४ नेपाली खेलाडीहरूले १७ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

२० गते नौवटा विधामा प्रतिस्पर्धा हुने र पाँचजना नेपाली खेलाडीहरूले चारवटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक दिनको खेलपश्चात् नतिजा प्रकाशन हुनेछ । प्रतियोगिताको अन्तिम दिन शारीरिक सुगठनतर्फको ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९०, १०० र ११० केजी गरी १० समूहका प्रथम स्थान प्राप्त गर्ने खेलाडीहरूबीच प्रतिस्पर्धा गराई सर्वोत्कृष्ट हुने खेलाडीलाई मिस्टर एसिया २०२३ घोषित गरिनुका साथै ट्रफी प्रदान गरिनेछ ।

यस्तै, सम्पूर्ण प्रतिस्पर्धाबाट मेडलका आधारमा शीर्ष तीन स्थान प्राप्त गर्ने तीन देशलाई च्याम्पियनसिपको प्रथम, द्वितीय र तृतीय घोषित गरिनेछ । मनकामना केवल कारको प्रमुख प्रायोजनमा हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल टुरिजम बोर्ड, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, महालक्ष्मी विकास बैंक, पञ्चकन्या ग्रुप, केटिएम सिटी, सिद्धार्थ प्रिमियम इन्सुरेन्स, सगरमाथा लुम्बिनी इन्सुरेन्स, शिखर इन्सुरेन्स, सिएफएस रेमिट आदिको विशेष सहयोग रहने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको आधिकारिक होटलमा याक एण्ड यती र र्‍याडिसन होटल रहेका छन् भने प्रतियोगिताको काष्ठमण्डप टेलिभिजन र मेरो फिटनेसले फेसबुक लाइभ गर्नेछन् । प्रतियोगिताको इभेन्ट म्यानेजमेन्टमा फुनोलोजिक सोलुसन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?