सूर्यको अध्ययन गर्न भारतको आदित्य एल-१ अन्तरिक्षमा

Read Time = 1 min

नयाँदिल्ली । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न शनिबार आदित्य एल-१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । आन्य प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट शनिबार बिहान सूर्ययान अर्थात् आदित्य एल-१ प्रक्षेपण गरिएको हो ।

सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो । आदित्य एल-१को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो)ले जनाएको छ ।

यसैबीच, भारतका विदेशमन्त्री सुव्रमन्यम जयशंकरले सूर्ययानको सफल प्रक्षेपण गरेकामा इसरोका वैज्ञानिकहरूप्रति बधाई ज्ञापन गर्दै भारतको अन्तरिक्ष इतिहासमा नयाँ इतिहास रचना भएको बताउनुभएको छ । सूर्ययान सफलतापूर्वक प्रक्षेपण भएकामा त्यसले विश्वभर देशको प्रतिष्ठा बढाएको बताउनुभएको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?