सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनीको सामाजिक संजालमा बिरोध

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले शनिबार राति अचानक सामाजिक सञ्जालमा एउटा पोष्ट गर्नुभयो ।

सरर्सती पढ्दा काठमाडौं महानगरका मेयर जस्तो व्यक्तिले लेखेको त्यो पोष्ट त्यति पाच्य थिएन ।

त्यसमा उहाँले सिंहदरबारमा आगो लगाउने चेतावनी दिनुभएको थियो । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै उहाँले आज(आइतबार)देखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिनुभएको हो ।

सामाजिक सञ्जालमा बालेनले लेख्नुभएको छ, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु ।’ याद राख चोर सरकार

उहाँले आक्रोशमा आएर त्यो पाष्ट त गर्नुभयो । तर अहिले त्यही पोष्टको कारण चर्चा परिचर्चा शुरु भएको छ ।

धेरैले उहाँलाई आफैं सरकार भएर एउटा सरकार प्रमुखले अर्को सरकारलाई गाली गरेको नसुहाएको टिप्पणी गरेका छन् ।

अर्काथरि भने मदिरा र गाँजाको नशामा बालेनले यस्तो अभिव्यक्ति दिएको भन्दै खेदो खनिरहेका छन् ।

केहीले भने लाखौं नेपालीको आशा र भरोसाको रुपमा उदाएर, पाएको अवसरमा काम गरेर देखाउन भन्दा आफ्नो क्षेत्रभन्दा बाहिर गएर अराजक अभिव्यक्ति दिँदै असफल र पतित हुने बाटोतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।

अहिले बालेनबिरुद्धका यस्ता सयौं पोष्टहरू देख्न पाइन्छ ।

यस्को बिषयमा मेयर बालेनले पक्कै स्पष्टीकरण दिनपर्छ भन्ने मागसमेत सामाजिक सञ्जालमा देखिएको छ भने केही भने त्यो पोष्ट बालेन आफैँले नगरेको भन्ने सुन्न चाहन्छन् ।

जे होस् एउटा गरिमामय पदमा बसेर मेयर बालेनले जुन काम गर्नुभयो, त्यसको उहाँको जबाफ दिनैपर्छ ।

विदाको दिन सरकारी नबर प्लेटको सवारी चलाउन पाइँदैन । आवश्यक परेको खण्डमा प्रशासनको अनुमतिपत्र चाहिन्छ । तर, शनिबार बालेन पत्नी सवार महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले कोटेशवरमा केही बेर रोकेपछि बालेन आक्रोशित भएको बताइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?