भुटानले दियो नेपाललाई ४० रनको सामान्य लक्ष्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको छ ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनायो ।

भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि पूजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिईन् ।

नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

भुटान पहिलो खेलमा युएईसँग पराजित भएको थियो । दोस्रो खेलमा कतारलाई हराएको थियो ।

नेपालले चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ । प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । भुटान पहिलो खेलमा युएईसँग पराजित भएको थियो । दोस्रो खेलमा कतारलाई हराएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?