मुगुका ४४ वटै वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान संचालन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । नेकपा माओवादी केन्द्र मुगुले जिल्लाका ४४ वटै वडामा एकसाथ जनतासँग माओवादी विशेष तीने महिने रुपान्तरण अभियानको उद्घाटन गरेको छ ।

यो अभियान अन्तर्गत मुगु पार्टीका सबै नेताहरू वडावडामा पुगेर भव्यरुपमा यहाँका चारवटा स्थानीय तहका ४४ वटै वडाको शनिबार उद्घाटन भएको मुगु जिल्ल्ला इन्चार्ज गोमा गौतम (कुवर) ले जानकारी दिनुभयो ।

अभियानका क्रममा मुगुका गाउँ वस्ती र जनताको घरघरमा जाने र जनताका कुरालाई सुन्ने माओवादीको योजना छ । माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको पार्टी इन्चार्ज गौतमको भनाइ छ ।

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा मुगुका सबै वडामा अन्तरक्रिया, देउडा नाच अन्य कार्यक्रम गरेर उद्घाटन भएको मुगु इन्चार्ज गौतमको भनाइ छ ।

गाउँबाट उदाएको माओवादी जनातको मुद्धा लिएर फेरी गाउँ पसेको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले आगामी निर्वाचनमा पार्टीलाई पुरानै अवस्थामा फर्काउन मद्धत गर्ने माओवादीको विश्वास रहेको छ ।

माओवादी केन्द्रले अभियानको नारा ‘घर-घरमा माओवादी, जन-जनमा माओवादी’ राखेको छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल रुपमा देशभरका सबै वडामा अभियानको उद्घाटन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?