लागुऔषधसहित तीनजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

म्याग्दी । बेनी नगरपालिका-९ गलेश्वरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ केजी ७ सय ग्रामसहित पर्वत जलजला गाउँपालिका-३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियार समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?