म्यानमारसँगको खेलका लागि नेपाली टोली घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले म्यानमारसँग दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गर्नुभएको छ । फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको तयारीका लागि नेपालले म्यानमारसँग खेल्न लागेको हो ।

नेपालले सेप्टेम्बर ८ र ११ मा म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दुवै मैत्रीपूर्ण खेल म्यानमारको यांगोनमा हुनेछन् । त्यसपछि नेपालले अक्टोबर दोस्रो साता विश्कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न लाओससँग होम एण्ड अवे पद्धतिमा प्लेअफ खेल्दैछ ।

नेपाली प्रशिक्षक अभिषेक बराल र कृतिशरत्न छुन्जुलाई टोलीमा पहिलोपल्ट स्थान दिनुभएको छ । यस्तै, नेपाली टोलीको गोलरक्षकमा किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की हुनुहुन्छ ।

डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई हुनुहुन्छ । मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई हुनुहुन्छ । यस्तै, फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?