म्याग्दी । धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको प्राकृतिक स्वरुप पछिल्ला केही वर्षयता नासिदै गएको छ ।
बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी –जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति थालिएसंगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा,माटो,गेगर र सडककै कारण वर्षेनी बाढी पहिरोले गर्दा पवित्र नदी कालीगण्डकीको मौलिक स्वरुपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीहरुले बताएका छन् ।
हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो गएर सडक साघुरो भए पछि सडक विस्तार गर्ने नाउँमा त्यहाँको ढुङ्गा र गेगरहरु कालीगण्डकीमा खसाल्दै आइएको छ ।
यहाँ सामान्य वर्षा हुदाँसाथ ढुंगा,माटो र लेदो सहितको पहिरो खस्नुका साथै बाटो बगाउने र कालीगण्डकीमा गएर मिसिने गरेको छ ।
सडकखण्ड अन्र्तगत अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर,बाँदरजुंगे भीरमा वर्षेनी ठूल्ठूलो पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको अन्नपूर्ण गाउँपालिका ५ का तिर्थबहादुर पुनले बताउनुभयो ।
वर्षाका कारण ढुंगा र माटो सहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने र त्यो पहिरो कालीगण्डकी नदीमा मिसिने हुँदा खोँच युक्त कालीगण्डकी पुरिँदै र साँघुरिदै जान थालेको जानकारहरुले बताएका छन् ।
डोजर र स्काभेटरले जथाभावि उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिदै गएको छ । वालुवा,ढुंगाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्का कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणीहरु बसाइ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खल्बलिएको वतावरणविद्हरुले बताउँदै आएका छन् ।
सर्वोच्च अदालतले समेत गत साउनमा नदी उत्खनन्, नदीमा फोहोर विर्सजन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । तर, चोरी निकासी भने रोकिएको छैन ।
नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय संकट समेत बढ्दै गएको छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढी र पहिरोका कारण तटीय वस्तीहरु जेखिममा पर्दै जान थालेका छन् । नदी साविकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो । उहाँका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढी, पहिरो र नदी कटानको जोखिम उच्चरुपमा बढ्दै गएको छ ।
कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको छ ।
तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न मन्त्रिपरिषद्को कार्यालयसमेतलाई अन्तरिम आदेश दिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच