ग्लोबलको नगद जम्मा गर्ने मेसिन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ । मेसिन सञ्चालनसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत् ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ ।
बैंकले पाँचवटा क्यास डिपोजिटर र पाँचवटा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो ।

बैंकले काठमाडौं उपत्यकामा कमलादी र न्युरोड तथा उपत्यकाबाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ भने काठमाडौं उपत्यकाभित्र कमलादी, न्युरोड, कुलेश्वर तथा काठमाडौं उपत्यकाबाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ ।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेसिन उद्घाटन गर्दै प्रविधिको विकास र आमउपझोक्ताको आकांक्षाअनुरूप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताउनुभयो । ग्लोबल आइएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसात गर्दै अघि बढ्दै गरेको र उद्घाटित मेसिन त्यसकै उदाहरण भएको उहाँको भनाइ थियो । २४ घण्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफ्नो अनुकूल लिन सकिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?