कीर्तिमानी उपाध्यायको ‘जलधारा’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको गीति एल्बम ‘जलधारा’ सार्वजनिक भएको छ । बाबुल गिरीको संगीत रहेको एल्बममा पाँच गीत समावेश गरिएको छ । एल्बममा ‘मेरी आमा’, ‘मन बिगार्‍यो स्त्री जातैले’, ‘झुल्कयो चन्द्रमा’, ‘ए मेरो हजुर’ र ‘तिमी सँग’ जस्ता गीत समावेश गरिएको छ । गीतको लिरिकल भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।

एल्बममा भएका गीतमा गायक÷गायिका बाबुल गिरी, प्रताप दास, रचना रिमाल, प्रवीन भेटवाल, मेलिना मैनाली, रवि ओड, सुनिता कार्की र जेनिस उप्रेतिको स्वर छ । गीतसंगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा.उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक–फरक शैलीका गीत श्रोता/दर्शकमाझ छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?