बालेनको असंयमित अभिव्यक्ति

दुई दिन हल्लीखल्ली मच्चाएर सुटुक्क ‘डिलेक्ट’

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले विवादित फेसबुक पोष्ट हटाउनुभएको छ । व्यापाक आलोचना भएपछि शनिबार राति फेसबुकमा राखेको विवादित पोष्ट सोमबार बिहान हटाउनुभएको हो । प्रहरीले बिदाको दिन चलेको महानगरको गाडी रोकेर सोधपुछ गरेपछि उहाँले आक्रोशित हुँदै फेबुकमार्फत आपत्तिजक अभिव्यक्ति दिनुभएको थियो । महानगरको गाडीमा साह पत्नी सविना काफ्ले सवार हुनुहुन्थ्यो । ‘आइन्दा महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने’ उहाँले चेतावनी दिनुभएको थियो ।

सरकारलाई चोरको संज्ञासमेत दिएको स्टाटसले हंगामा मच्चिएको थियो । जिम्मेवार ओहदामा बसेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै साहको चौतर्फी आलोचना भएको थियो । ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ¤’ उहाँले लेख्नुभएको थियो । बालेनले कुनै प्रतिक्रियाबिना चुपचाप स्टाटस डिलिक्ट गर्नुभएको हो । उहाँले आफ्नो अभिव्यक्तिलाई लिएर क्षमायाचना भने गर्नुभएको छैन ।

यता, मेयर साहका स्वकीय सचिवालयले भने शनिबार बेलुका सुत्केरी अवस्थामा रहेकी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रष्टीकरण दिएको थियो । दुई दिन हल्लीखल्ली मच्चाएको स्टाटस डिलिक्ट गरेर मेयर साह भने नेपाली राष्ट्रिय टिमको हौसला बढाउन श्रीलंका पुग्नुभएको छ । एसिया कपअन्तर्गत सोमबार भएको नेपाल–भारतबीचको खेल हेर्ने उहाँ श्रीलंका पुग्नुभएको हो ।

राष्ट्रसेवक कर्मचारीलाई बाधा-अवरोध नपुर्‍याउन प्रशासनको आग्रह
सरकारले आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई बाधा अवरोध नपु¥याउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय सरकारी काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने क्रियाकलाप भइरहेको भन्दै उनीहरूलाई बाधा अवरोध नपु¥याउन अनुरोध गरेको हो । कार्यालयले राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने क्रियाकलाप सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपु¥याउन र विभिन्न सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्नु÷नगराउनु सबैमा अनुरोध गरिन्छ ।

कार्यालयले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत विगतदेखि नै हुँदै आएको स्पष्ट पारेको छ । सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको कार्यालयले स्मरण गराएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको जनाएको छ । भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने कार्यालयको भनाइ छ ।

बालेनको घरमा महानगरको गाडी जाँचमा खटिएका प्रहरी अधिकारीकी आमा
बिदाका दिन चलेको काठमाडौं महानगरको गाडी जाँचमा खटिएका प्रहरी अधिकारीकी आमा आफ्नो गुनासो सुनाउन मेयर बालेनको घर पुग्नुभएको छ । मेयरको सचिवालयले महानगरको गाडी जाँचमा खटिएका प्रहरी अधिकारीले सात मिनेट रोकेर केरकार गरेको, प्रहरीले मादक पदार्थ र गुट्खा सेवन गरेको लगायतको आरोप लगाएपछि जाँचमा खटिएका प्रहरी अधिकारीकी आमा आइतबार साँझ मेयरको घर पुग्नुभएको हो । महानगरको गाडी जाँचमा खटिनुभएको थियो ट्राफिक प्रहरी सुशील न्यौपाने । मेयरको घर पुग्नुभएकी उहाँले बालेनलाई भने भेट्न पाउनुभएन । बालेनका दाजुलाई भेटेर आफ्नो गुनासो सुनाउँदै फर्किनुभयो । उहाँले आफ्नो छोराको विषयमा अनर्गल प्रचार भएको कारण चरित्रहत्या नगरिदिन आग्रह गर्दै मेयरको घर पुगेको बताउनुभएको छ । जवाफमा बालेनका दाजुले उक्त कुरालाई पर्सनल्ली नलिन आग्रह गर्नुभएको थियो । महानगरको गाडी जाँचमा खटिनुभएका सई न्यौपाने र बालेन छिमेकीसमेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?