एमाले लुम्बिनी अधिवेशन :

आज मतदान, हरिप्रसाद रिजाल र राधकृष्ण कँडेल मैदानमा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

बुटवल । एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अन्ततः चुनाव हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिएको निर्देशन अलपत्र परेको छ ।

दुईवटा प्यानल बनाएर नेताहरू चुनावी मैदानमा उत्रिएका छन् । सर्वसम्मत हुन नसकेपछि सोमबार राति ८ बजेदेखि मतदान हुने भनिएको थियो । तर राति ढिलो भएपछि चुनाव अहिले बिहान हुन लागेको निर्वाचन आयोगका प्रमुख हरि भण्डारीले वताउनु भयो ।

प्रदेश अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेल चुनावी मैदानमा हुनुहुन्छ । उहाँहरूबीच सहमति हुन नसकेपछि चुनावबाट नयाँ नेतृत्व तय गर्न लागिएको हो । प्युठानका रिजाललाई महासचिव शंकर पोखरेल र पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन छ ।

दाङका लक्ष्मण आचार्य सचिवमा निर्वारोध
एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा निर्वारोध निर्वाचित दाङका लक्ष्मण आचार्यले आफूलाई हरि रिजाल पक्षको भनेर प्रचार गरिएको भन्दै त्यो गलत भएको बताउनुभयो ।

रिजाल यसअघि पनि प्रदेश कमिटी सचिव हुनुहुन्थ्यो । सचिवमा मनोनयन दर्ता गराउनुभएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समिति प्रमुख भण्डारीले वताउनु भयो ।

अधिवेशनमा पाँच पदको लागि १४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा दुई जना, उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। यस्तै उपसचिवमा पुरुष तीन जना र महिला पनि तीन जनाको उम्मेदवारी परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?