नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा मुखिया

हिमालय टाइम्स
Read Time = 1 min

झापा । नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित मुखिया सर्वसम्मत चयन हुनुभएको छ । बिर्तामोडमा भएको शाखाको तेस्रो अधिवेशनले तीनवर्षे कार्यकालका लागि मुखियाको नेतृत्वमा समिति चयन गरेको हो ।

मञ्चको उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा चिरञ्जीवी घिमिरे, सहसचिवमा भूमिका सुब्बा, कोषाध्यक्षमा प्रकाश बानियाँलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक भगिरथ आलेले बताउनुभयो ।

उहाँका अनुसार सदस्यमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला चयन हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?