सबै दलभित्रका भ्रष्टहरूको निद्रा खलबलिएको छ : अध्यक्ष बराल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समाजमा भ्रष्टाचार गर्नेहरूको रवाफ सकिएको बताउनु भएको छ ।

माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीलाई जेल पठाएर दुर्गन्धित भएको नेपाली राजनीतिमा सफाई गरेको जिकिर गदै अध्यक्ष बरालले सबै दलभित्रका भ्रष्टहरूको निद्रा खलबलिएको बताउनु भयो ।

सोमबार पार्टीले सुरुवात गरेको विशेष रुपान्तरण अभियानको कार्यक्रमलाई देवदहमा सम्बोधन गर्दै बरालले भ्रष्टाचारलाई समाजले नै प्रश्रय दिएको बताउनु भयो । सरकारको एक्सनले नेपाली राजनीतिमा शुद्धिकरण हुने देखिएको र अब समाज शुद्धिकरण गर्न जरुरी रहेकाे उहाँकाे भनाइ छ ।

पार्टीको विशेष रुपान्तरण अभियानले समाजलाई शुद्धिकरण गर्ने र त्यसको सुरुवात माओवादी नेता कार्यकर्ताबाट गर्नुपर्ने उल्लेख गर्दै नेता बरालले माओवादी नेता कार्यकर्ता पनि अरु जस्तै भ्रष्ट हुने हो उहाँहरुबाट समाजविकास र समाजवादी आन्दोलनका पहिला सत्रु ठहरिने र प्रहार त्यहींबाट सुरु हुने दावीगर्नु भयो ।

भ्रष्टाचार गरेर कमाएको पैसाले चन्दा दिने, सामाजिक काम गरे जस्तो देखाउने र निर्वाचनमा पैसा बाडेर चुनाब जितेपनि भ्रष्टाचारी ढिलोचाडो जेल जान्छन भन्नेमा अहिले नेपाली जनतामा विश्वास पलाएको धारणा राख्दै उहाँले ठूला भनिने पार्टीका ठुला नेताहरू नै अहिले जेलको सिंढिमा रहेकोले केही माओवादी नेताहरूको समेत निद्राखलबलिएको हुनसक्ने बताउनु भयो ।

सोहि कार्यक्रममा वोल्दै पार्टी जिल्ला संयोजक नारायण जिसीनिर्मलुले रुपान्तरण अभियान नेपाली राजनीतिको दोस्रो क्रान्तिहुने दावीगर्नु भयो । विशेष रुपान्तरण अभियान माओवादी नेता सुध्रिने अभियान समेत भएको जिकिर गर्दै संयोजक जिसीले विगतका कमजोरी सुधार गरेर अघि बढ्नुको बिकल्प नरहेको बताउनु भयो ।

'विगतमा हामी कहीं न कहीं बिग्रिएका थियौं, जनताबाट कुनै न कुनै रूपमा हामी काटेका थियौं र हाम्रो जनमत कमजोर भएको हो भन्ने स्वीकार गरौँ,' उहाँले भन्नु भयो ''हामीमाथि प्रतिगामी र प्रतिक्रियावादीहरूले षड्यन्त्र गर्छन, हाम्रो बाटोमा उनीहरूले अनेक व्यवधान खडा गर्छन तर हामीले ती जालझेल र षडयन्त्रमा नफसी अगाडि बढ्ने हिम्मत गरेनौं भने हामी निरन्तर कमजोर हुँदै जान्छौं। अहिले भएको यहि हो ।'

मार्क्सवादीहरूले आन्तरिक पक्षलाई प्रधान र बाह्य पक्षलाई गौण मान्ने हुनाले पनि माओवादीहरूले अरुलाई दोष लगायर नभई आफुलाई रुपान्तरण गरेर क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा देवदहनगरपालिका वडा नम्बर ७ का नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?