सबैतिरको मिसमास चेतन-२

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

हो, इन्द्रमायाका तीनवटा निर्णयमा अस्तित्व निर्माणको प्रयत्न देखिन्छ । अस्तित्ववादी चिन्तनको मूल चिन्तन भनेकै केहो भने मान्छेले गरेका आचरण र चिन्तनमा एक रूपता छकि छैन ? छ भने त्यसको निर्माण प्रक्रिया केहो ? अनन्त सम्भावना क्षेत्रबाट सावधानीपूर्वक निर्णय भयो कि भएन ? चयन स्वतन्त्रताको उपयोग गर्दा अनेकौं दुर्घटनाका सम्भावनासँग पनि प्रशान्त मनले स्थिर रहृयो कि रहेन मानव मन ? यदि गरेका निर्णयकाप्रति दृढ भएर दुःख आइलागे पनि सुख सुविधा आइलागे पनि शान्त र सचेत भएर नै आफ्ना डेगमा डेग एकपछि अर्को क्रममा थप्दै गएको छ भने त्यो कुरो नै अस्तित्व निर्माण हो ।

त्यस बेला इन्द्रमायाले पहिला कलेजमा पढ्दा पीताम्बरसँग प्रेम गरी, घरमा बाआमासँग कुरो नमिलेपछि जन्म घर त्यागेर प्रेमीका घर पुगी । त्यहाँको सुखदुःख जे भोग्नुपरे पनि त्यसलाई उसले मनमा प्रवेशसम्म गर्न दिइन । हो, उसको मातृत्वले उसलाई चिमोटेको थियो । पीताम्बरको राजनीतिक क्रियाकलाप र चिन्ताले ओच्छ्यानमा पनि उसले सन्तुष्टि पाउन सकिन । यो आन्तरिक असन्तुष्टि पराकाष्टामा पुग्न पाएको भए इन्द्रमायाले अस्तित्व निर्माण गर्नसक्थी या सक्तिनथी ? एकाएक घटेको राजनीतिक घटनाले इन्द्रमायामा विकसित हुँदै गरेको दुर्घटनाको सम्भावना टरेको देखिन्छ यसमा पनि सहजता रहेकै देखिनु सिर्जनात्मक कौशल हो ।

नेपाली उपन्यास, कथा, काव्य, महाकाव्य र खण्डकाव्यमा समेत विश्वसाहित्यमा देखापरेका वैचारिक प्राविधिक पक्षलाई भित्र्याउन मनोयोगका साथ स्रष्टाहरू लागेका देखिन्छन् । प्रारम्भदेखि नै वैकासिक शृंखलामा उनिएर आउन नसकेकालाई भिन्न दृष्टिले अध्ययन र विश्लेषण तथा व्याख्या गर्नु पनि पर्छ । 

जेलबाट छुटेर आएको रमेशको प्रस्ताव स्वीकार गरी भोग आत्मिक र शारीरिक दुवै रहेछन् भन्ने पत्ता लगाई । पीताम्बरले आमा बनाउन नसकेको हुँदा ऊ पीताम्बरप्रति इमानदार रहेर नै आत्मिक चाहना र दैहिक आवश्यक्तालाई एकसाथ पूरा गराई । छोरी छाडेर पूर्ववत् स्नेहिल स्थिति स्थापित गर्न पीताम्बरले गरेको आग्रह परित्यागमा इन्द्राले बुद्धि पु¥याएकी हुनाले उसले अस्तित्व निर्माण गरी ऊ एकसाथ प्रेमिका, पत्नी र माता बनेर देखाउन सफल रहेकी छ । बाहृय घटना र त्यसका कारणले व्यक्तिका मनमा उत्पन्न हुने उत्तेजना र त्यसका परिणम नै त मनोविज्ञान या मनोविश्लेषणको उर्वर भूमि हो । यसै आलोकमा ‘पल्ला घरको झ्याल’ की मिसरी, ‘अनुराधा’ की अनुराधाको अध्ययन विश्लेषण गर्न सकिन्छ ।

त्यस बेला नेपाली उपन्यास, कथा, काव्य, महाकाव्य र खण्डकाव्यमा समेत विश्वसाहित्यमा देखापरेका वैचारिक प्राविधिक पक्षलाई भिœयाउन मनोयोगका साथ स्रष्टहरू लागेका देखिन्छन् । प्रारम्भदेखि नै वैकासिक शृंखलामा उनिएर आउन नसकेकालाई भिन्न दृष्टिले अध्ययन र विश्लेषण तथा व्याख्या गर्नु पनि पर्छ । सिर्जनाले औंल्याएका प्रत्येक पक्षका चुचुरामात्रै होइन, ओसिला र कुनाकन्दरा पनि उल्लेख्य हुनसक्छन् । नेपाली उपन्यासकै कुरो गर्ने हो भने पिटर जे कार्थकको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ र इन्द्रबहादुर राईको ‘आज रमिता छ’ उपन्यास वैचारिक दृष्टिले नभएर लेखनशिल्प र भणिति ताछिल्यका दृष्टिले अहिलेसम्म कै सर्वाधिक नौला उपन्यास हुन् ।

यिनलाई यी दुई दृष्टिले नेपाली उपन्यासको सहज वैकासिक शृङ्खलामा उनेर राख्दा पनि मखमली फूलको मालामा गोदावरी फूलको थुँगो राखेजस्तो स्पष्ट भिन्नता देखापर्दछ । बौद्धिकवृत्ति र वैचारिक लहरका दृष्टिले भने यथार्थवादभित्रै हुर्केको विसंगतिवादका परिखाभित्रै यी पनि समेटिन्छन् । विसंगति जानेर गरिंदैन नचाहेर नजानेर भैदिने र मान्छेलाई परिणामतः बरवादीको सीमान्त प्रान्तमा पु¥याउने हाम्रा चिन्तन, आचरण र घटनाका शृंखलाको गम्भीर अनुबोध नै त विसंगति हो । नेपाली समाजको आर्थिक सामाजिक र जातीय दृष्टिले नरेन्द्र र गौरीका जोडी सर्वथा ठीक देखिन्छन् ।

आंगिक अवयवको विकास निश्चयनै व्यक्ति या समाज अथवा संस्कार संस्कृतिका चाहना आदर्शभन्दा नितान्त पृथक जैविक आन्तरिक संरचना र सम्पोषक तत्वको आनुपातिक सम्पूरणसँग सम्बद्ध कुरा हो । आजकै समाजमा पनि यी पक्ष हेरेर जोडी बाँध्न हामी सक्दैनौं । यसको निराकरण आयोजित विवाहशैलीले कहिल्यै सक्दैन । प्रतियोगी युवक र युवतीका रोजी विवाहले भने यस्ता समस्या समाधान गर्द छ तर त्यहाँ अर्को प्रकारको विसंगत पर्वत सिर्जना हुनेगरेको हामी देख्छौं । हो, विश्वेश्वरप्रसाद कोइरालाको ‘नरेन्द्र दाइ’ विसंगतिका दृष्टिले सर्वथा सफल सहज र प्रभावकारी उपन्यास हो ।

नेरन्द्रको आंगिक विकासले विकसित मनले खोजेजस्ती गौरी नहुनुमा कोही पनि दोषी छैनन् । यदि दोष दिने नै हो भने जसको बिहे उसलाई देख्नै नदिए गर्ने हाम्रो परम्परा दोषी देखिन्छ । गौरी र मुनरिया समानान्तर प्रतियोगी छन् भने दुवैको भोक्ता र उपयोक्ता नरेन्द्र । यिनका प्रतिलोम अवस्थाको सानो बाबुका रमितामा आमा, जुन्टुनानी, गौरी मुनरिया र नेरेन्द्रदाइका त्रिकोणमा कोशीका बालुवाको फोव्बारा उठेर विलीन भएको जीवनचित्र उपस्थापन गरिएको छ । कलात्मक तटस्थताका दृष्टिले पनि यो उपन्यास बेजोडा नै छ आजसम्मै पनि ।

‘सुमति र रूपमती’बाट आरम्भ भएको नेपाली उपन्यासले त्यसरी विचार, धारा र भणिति ताछिल्यको प्रभाव विस्तार गरेको देखिन्छ जसरी आफ्नो प्रभाववृत्त भूकम्पले इपिक केन्द्रबाट घुमाएर या उचालपछारका काम गर्दै प्रभाव फैलाउँछ । यसरी हेर्दा ‘आगत’ विगत बनेर प्रकाशित भएको छ । हिजोका चित्र आजका लागि विगत प्रदर्शन गर्नेगरी आएको देखिन्छ भने ‘एक पालुवा अनेकौ याम’ यामपरिवर्तनले जसरी बोटबिरुवामा दुुर्निवार प्र्रभाव छाडेर जान्छ, समाजका अर्थिक उत्पादन र विनिमय प्रणालीभन्दा पनि शारीरिक मानसिक एषणा अत्याज्य, अनिवार्य भोग्तव्य बनेर रहेको हुन्छ र त्यो उपयुक्त वातावरणमा प्रकट हुन्छ भन्ने कुरो रमेश र जेठ्की माक्निीका अंगदर्शन र अनमेल यौनभोगबाट प्रकट गरिएको देखिन्छ ।

देवकोटाको प्रवाह र विप्रको अत्यन्त साना बाहृय प्रबाहकबाट संसार चियाउने प्रविधि साँच्चै विस्मायक छन् । किरात सभ्यता र आर्ष सभ्यताको संगम भूमि हो नेपाल र नेपालका हिम कन्दरा । किरातेश्वर यहीँ प्रकट भएका थिए । अर्जुनले पाशुपतास्त्र किरातेश्वरबाट यहीँ पाएका थिए ।

जेठ्की मालिक्नी र मुन्सीका यौन क्रीडा देखेर उन्मत्त भएको रमेशले लिचुमैयाँलाई दुईजिउकी बनाएर व्यहोरेको घटना तत्कालीन नेपालका जमिन्दार तथा कारिन्दाका बीचका देनन्दिनी खेल हुन् । यसमा समाजिक र अनमेल विवाहका मनोवैज्ञानिक पक्षलाई मौसम विज्ञानले दिने अवसरको ताक छोपेर प्रकट गर्ने कौशल लेखक दौलतविक्रम विष्टले प्रदर्शन गरेका छन् । कमल र लिचुमैयाँ भने मौका भोगेर पनि भिन्न अभिनय गर्ने छद्यमभेषी युवकयुवतिका प्रतिनिधि पात्र बनेर पनि देखिएका छन् । बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’ अत्यन्तै मर्मभेदी नाट्य हो । यसलाई बालकृष्ण पत्नी मन्दाकिनी समले आफ्नो प्रभावमा पारिदिएकाले अत्यन्त सफल राष्ट्रवादी चिन्तन र नेपाली शैक्षिक अवस्थाको सत्यगाथात्मक दुःखान्तक नाट्य हुँदाहुँदै सुखान्तक नाट्य बनेको विश्लेषण गर्ने समालोचक ताना शर्मा र मोहनहिमांसु थापाका तर्कमा बल छ ।

भवदेव पौरस्त्य मूल्यमान्यताको वाङ्मुख हो भने मुकुन्द आधुनिक पाश्चात्य सभ्यताको अध्कल्चो अनुकरणले बिग्रेका उरन्ठेउला केटाको प्रतिनिधि पात्र हो । अख्तरी जान रूपजीवाकी प्रतिनिधि हो भने इन्दिरा पौरस्त्य पतिव्रतानारीकी वाङ्मुख हो । नेपाली कविताका क्षेत्रमा लेखनाथ र देवकोटाका आगमनले सम पाकेको लप्सीको दानालाई बलिया चिजले क¥याप्प समातेर निचोर्दा भित्रको दानु गोलीका गतिमा उछिट्टिएर भित्तामा ठोक्किन पुगे झैं यिनी पनि पद्यनाट्यमा ठोक्किन पुगेकाछन् । समको दर्द ‘मुकुन्द इन्दिरा, प्रहृलाद र अन्धवेग’ जस्ता नाट्यले भिन्नभिन्न आयामका साथ प्रक्षेपण गरेका छन् ।

विष्णुपुराणमा गरुडलाई ब्रहृमाण्ड धारक सामथ्र्य वेदव्यासले प्रदान गरेका छन् घुमाउरो पारामा । विष्णु विश्वपालक हुन् । यो ब्रहृमाण्ड उनको शरीर हो भने ब्रहृमाण्डशरीर भएकालाई बोकेर अभ्याहत गतिमा उड्ने गरुड विष्णुभन्दा बढी बलवान् भयो कि भएन ? गर्गाचार्यले ‘गर्गसंहिता’ मा यस प्रकारको तर्क गरेर ऋषिमुनिले गर्ने ध्यानधारण र समाधिपछिको ‘ममत्वं नममेति च परत्वं नपरेति च’को अनिर्वचनीय अवस्था विशेषको नाम नै ध्यान या गरुड हो भन्ने झल्काएका छन् ।

शैलीका धेरै प्रकारमध्य चेतनप्रवाहात्मक शैली वास्तवमा शैली नभएर यो शैलीको प्रविधि हो । मनोविकृतिले ग्रस्त पात्रका मनमा यदाकदा कालबोधको भाव हराएर कहिले विगत कहिले अनागत (सम्भावना) र कहिले वर्तमानका अवस्थामा आफ्ना कुरा गर्ने हुनाले यसको याथार्थिक प्रस्तुतिका निमित्त लेखकले अपनाउने प्रविधि हो चेतन प्रवाह प्रविधि । यसैको अंग बनेर क्षण संझाएर समग्र जीवनवृत्तमा प्रभाव पार्न आउने अर्को प्रविधि हो पूर्वदीप्ति प्रविधि । सोमदत्तका ऋष्यनुकृत सुरत क्रीडाबाट वाक्क व्याक्क बनेकी पुलोमा एकान्त क्षणमा सानामा खेल्दाको साथी भिल्ल युवकलाई झलक्क सक्झन्छे ।

सोमदत्तसँग भन्दा त बरू त्यही भिल्लसँग जोडी बाँध्न पाएको भए जीवन कति स्वादिलो हुनेथियो भन्ने कल्पनामा रमाएका बेला सुम्निमाले मनुवा दहमा लगेर भेष बदलाएर भिल्लका भेषमा पठाएको सोमदत्तसँग भिल्ल युवकको अँगालामा कसिएका अनुभवले पुलोमामा गर्भ रहेको कति सुन्दर प्रविधि प्रयोग गरेर आचरिणक निरसताले जीवन बरवाद गर्छ भन्ने कुरो ट्वाक्क पारेर भने विप्र कोइरालाले । जहाँ एउटा सानो प्रविधिले सिंगो इतिहास, सभ्यता र मानवीय मनका एषण एवं मनोविज्ञानले टटोल्ने अन्तरकुन्तर सबैलाई उद्भाषित गराएर राखिदिए । यो हो उपन्यासकारीता ।

यो हो सिर्जनात्मक क्षमता । देवकोटाको प्रवाह र विप्रको अत्यन्त साना बाहृय प्रबाहकबाट संसार चियाउने प्रविधि साँच्चै विस्मायक छन् । किरात सभ्यता र आर्ष सभ्यताको संगम भूमि हो नेपाल र नेपालका हिम कन्दरा । किरातेश्वर यहीँ प्रकट भएका थिए । अर्जुनले पाशुपतास्त्र किरातेश्वरबाट यहीँ पाएका थिए । जुन भूमिमा स्वामी प्रपन्नाचार्य, गुरु फाल्गुनन्द, गुरु चन्द्रकुमार शेर्माजस्ता किरात सभ्यताका ऋषिकल्पका पाइलाका डाम परेका छन् त्यो भूमि नेपाल हो भन्ने बिर्सन मिल्दैन । अब बाँकी कुरा अर्को कक्षामा भन्छु ।

https://ehimalayatimes.com/2023/08/151669/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?