ललितपुर । रोपेर फूल गोदावरी, सजाऔँ घर आँगनवरिपरि भन्ने नाराका साथ मंगलबार ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दोस्रो दिन मेलामा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।
आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान)का अनुसार पहिलो दिन मंगलबार चार हजार २५ र दोस्रो दिन बुधबार सात हजार दुई सय गरी ११ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् ।
शनिबारसम्म सञ्चालन हुने मेलाको पुष्प विकास केन्द्र सहआयोजक रहेको छ भने कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ । सेवा कोकोपिटले प्रायोजन र कृषि विकास बैंक बैंकिङ साझेदार रहेको छ ।
फ्यानका अध्यक्ष मीनबहादुर तामाङले विगतमा चारदिने मेला हुने गरेकोमा यस वर्ष एक दिन थप गरी पाँचदिने मेला आयोजना हुने जानकारी दिनुभयो ।
मेलामा व्यावसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल दुई, फ्लावर सजावट स्टल दुई र सूचनामूलक पाँच गरी ७० स्टल रहेको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच