प्रतिनिधिसभामा १२ दलको उपस्थिति, सात दलले पाए राष्ट्रिय दलको मान्यता

यज्ञराज पाण्डे
Read Time = 14 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा (२), दोलखा र बाजुरामा मतगणना जारी छ । निर्वाचन आयोगबाट प्राप्त तथ्यांकअनुसार हालसम्म नेपाली कांग्रेस ५५ स्थानमा विजयी भई ठूलो दल बनेको छ । नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सात/सात र लोकतान्त्रिक समाजवादी पार्टी चार स्थानमा विजयी भएका छन् ।

त्यस्तै, यो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक÷एक स्थान तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । मतगणना चलिरहेको स्याङ्जा र बाजुरामा कांग्रेस तथा दोलखामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

आयोगको पछिल्लो तथ्यांकअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ ।

कांग्रेसबाट जित्ने को को ?
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट विश्वप्रकाश शर्मा, दीपक खड्का, सीता गुरुङ, डिगबहादुर लिम्बू, सुनीलकुमार शर्मा, डा. शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, डा. नारायण खड्का, दिनेशकुमार यादव, तेजुलाल चौधरी, रामकृष्ण यादव, महेन्द्रकुमार यादव, देवप्रसाद तिमल्सेना, अजयकुमार चौरसिया, रमेश रिजाल, पूर्णबहादुर तामाङ र श्याम घिमिरे निर्वाचित हुनुभएको छ ।

मोहन आचार्य, रामनाथ अधिकारी, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, राजेन्द्र बजगाईं, टेकबहादुर गुरुङ, रामचन्द्र पौडेल, शंकर भण्डारी, राजु थापा र शशांक कोइराला विजयी हुनुभएको छ ।

यस्तै, विष्णुकुमार कार्की, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, किशोरसिंह राठोर, सञ्जयकुमार गौतम, विनोदकुमार चौधरी, ऐनबहादुर शाही ठकुरी, दिक्पालकुमार शाही, पूर्णबहादुर खड्का, हृदयराम थानी, पुष्पबहादुर साह, वीरबहादुर बलायर, डिल्लीराज पन्त, दिलेन्द्रप्रसाद बडू, शेरबहादुर देउवा, नारायणप्रकाश साउद र रमेश लेखक निर्वाचित हुनुभएको छ ।
एमालेबाट निर्वाचित को को ?
नेकपा (एमाले)बाट योगेश भट्टराई, वसन्तकुमार नेम्वाङ, महेश बस्नेत, सुवासचन्द्र नेम्वाङ, देवराज घिमिरे, लालप्रसाद साँवा लिम्बू, केपी शर्मा ओली, राजेन्द्रकुमार राई, ऋषिकेश पोखरेल, भीमप्रसाद आचार्य, भगवती चौधरी, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशंकर यादव, लीलानाथ श्रेष्ठ, जुलीकुमारी महतो (महासेठ), रघुवीर महासेठ, लक्ष्मी महतो कोइरी, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह र राजकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।

यसैगरी, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकुलप्रसाद बाँस्कोटा, महेशकुमार बर्तौला, पृथ्वीसुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल वैरागी, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विष्णुप्रसाद पौडेल, वासुदेव घिमिरे, बलराम अधिकारी मंगलप्रसाद गुप्ता, सूर्यबहादुर थापा क्षेत्री, सूर्यप्रसाद ढकाल, दामोदर भण्डारी र तारा लामा तामाङ विजयी हुनुभएको छ ।

माओवादी केन्द्रबाट जित्नेहरू
नेकपा माओवादी केन्द्रका तर्फबाट सुदन किराँती, अमनलाल मोदी, रामकुमार राई, महिन्द्र राय यादव, लेखनाथ दाहाल, हितबहादुर तामाङ, सूर्यमान तामाङ (दोङ), माधव सापकोटा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीमगर, वर्षमान पुन, रेखा शर्मा, महेन्द्रबहादुर शाही, छिरिङ डम्डुल लामा (भोटे), शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा हुनुहुन्छ ।

एकीकृत समाजवादीबाट जित्नेहरू
नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्मरबहादुर थापा, शेरबहादुर कुँवर, भानुभक्त जोशी र प्रेमबहादुर आले निर्वाचित हुनुभएको छ ।

जसपाबाट निर्वाचित हुनेहरू
जसपाबाट अशोककुमार राई, नवलकिशोर साह सुँडी, राजकिशोर यादव, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, रामसहायप्रसाद यादव र प्रदीप यादव निर्वाचित हुनुभएको छ ।

राप्रपाबाट निर्वाचित हुनेहरू
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजेन्द्रप्रसाद लिङ्देन, दीपकबहादुर सिंह, विक्रम पाण्डे, दीपक बोहरा, धवलशमशेर राणा, धु्रवबहादुर प्रधान र ज्ञानबहादुर शाही निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी हुनेहरू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, हरि ढकाल र रवि लामिछाने निर्वाचित हुनुभएको छ ।

लोसपाबाट निर्वाचित हुनेहरू
लोसपाबाट शरतसिंह भण्डारी, महन्थ ठाकुर, रामप्रकाश चौधरी र सर्वेन्द्रनाथ शुक्ला विजयी हुनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित हुनेहरू
नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, अरुनकुमार चौधरी र गंगाराम चौधरी विजयी हुनुभएको छ ।

जनमोर्चा, मजदुर किसान र जनमत पार्टीबाट निर्वाचित हुनेहरू
राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, जनमत पार्टीबाट चन्द्रकान्त राउत निर्वाचित हुनुभएको छ ।

स्वतन्त्र विजयी हुनेहरू
स्वतन्त्र रूपमा योगेन्द्र मण्डल, अमरेशकुमार सिंह, किरणकुमार साह, प्रभु साह र लालवीर चौधरी विजयी हुनुभएको छ ।

अहिलेसम्म क-कसले पाए राष्ट्रिय पार्टीको मान्यता ?
प्रतिनिधिसभामा १२ राजनीतिक दलका उम्मेदवार विजयी भए पनि केवल सातवटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् । निर्वाचन आयोगले हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्न सम्मको समानुपातिक तर्फको मत परिणामअनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएको बताउनुभएको छ ।

ती दलले राष्ट्रिय दलको मान्यता पाउने गरी तीन प्रतिशत थ्रेस होल्ड कटाएको औपचारिक जानकारी गराइएको हो । तर, अझै दोलखा, बाजुरा र स्याङ्जा जिल्लामा भने मतगणना चालु रहेकाले अन्तिम मत परिणाम आउन बाँकी रहेको प्रवक्ता वाग्लेले बताउनुभयो । आयोगले मंसिर २० गतेभित्र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मत संख्या निक्र्योल हुने अनुमान गरेको छ ।
दलहरूले पाएको मत संख्याअनुसार उनीहरूले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको संख्या पठाउने र दलहरूले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन् । त्यसो गर्दा एकतिहाइ महिलाहरूको संख्या भने राजनीतिक दलहरूले पठाउनैपर्ने कानुनी व्यवस्था रहेको आयोगका प्रवक्ता वाग्लेले बताउनुभयो ।

रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई प्रशासनको पत्र
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्राचार गरेको छ । प्रशासनले प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न पत्राचार गरेको हो ।

लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद अनुसन्धान गर्न पत्र आएको र कानुनी प्रक्रिया सुरु गरिएको एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

निर्वाचनकै क्रममा लामिछानेविरुद्ध उहाँको नागरिकता र राहदानीको विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बन्नुभएका रविले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?