जुम्ला । जिल्ला सहकारी संघ जुम्लाको अध्यक्षमा ऋषिराम पाण्डे सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।
जिल्लामा सम्पन्न सातौ बार्षिक चुवानी साधारणसभाबाट पाण्डको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको नवनिर्वाचित उपाध्यक्षमा जयबहादुर रावत, महासचिवमा भिम कसिंगर, कोषाध्यक्षमा फुलमाया महतारा, सदस्यमा सांमु लामा, पृयादेवी न्यौपाने, विष्णुबहादुर भण्डारी, भानुभक्त न्यौपाने, कमल महत चयन हुनु भएको नवनिर्वाचित सचिव पाण्डेले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष पाण्डे चन्दननाथ सहकारी संस्था लिमिटेडमा लामो समय देखी नेतृत्व गर्दै आउनुभएको छ । सहकारी क्षेत्रलाई थप अगाडि बढाउन आफ्नो भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
अध्यक्ष पाण्डे कार्यरत चन्दननाथ सहकारी साविक कर्णाली क्षेत्रकै सवैभन्दा ठूलो सहकारीको रुपमा स्थापित भएको छ । चन्दननाथ सहकारीको २४ हजार पाँचसय सेयर सदस्य, चार करोड १० लाख सेयर पुजी रहेको चन्दननाथ सहकारीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच