नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्दैन : मन्त्री किराँती

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा खेमराज गुरुङ ट्रष्टले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पछिल्लो समय केही तत्वहरुले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको दाबी गर्नुभयो ।

मन्त्री किराँतीले नेपाल सबै जाती,धर्म र संस्कृतीको साझा फुलबारी रहेको भन्दै केही तत्वहरुले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताउनु भयो । उहाँले विगतमा राजाको पालामा साम्प्रदायिकता भड्काउने काम भएपनि त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको २०७२ को संविधानले सबै परम्परा र सांस्कृतिक मूल्य मान्यताको संरक्षण, विकास,संवद्र्धन गर्ने तर आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको सस्कृति माथि आँच पुग्नु हुँदैन भन्ने स्पष्ट पारेको दाबी गर्नुभयो । उहाँले नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फुलबारीको रक्षा गर्न आवश्यक रहेको बताउनु भयो ।

मन्त्री किराँतीले नेपाल प्राकृतिक,धार्मिक र सांस्कृतिक रुपमा धनी, ठूलो र सुन्दर रहेको बताउनु भयो । संसारको अग्लो शिर सगरमाथा,गौतम बुद्ध,पशुपति,हिमाल पहाड तराई,फरक पहिरन,भाषा,संस्कृति नै नेपालीहरुको मौलिकता रहेको मन्त्री किराँतीको भनाई छ । मन्त्री किराँतीले नेपालको संस्कृति र प्रकृति हिरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा बेच्न र ब्राण्डिङ गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले संसारका मानिसहरुलाई नेपालको संस्कृति,परम्परा,प्रकृतिप्रति आकर्षित गर्नसके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै डलर आर्जन गर्नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । नेपालको जंगल,जडिबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसके आर्थिक रुपमा धेरै माथि पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल प्राकृतिक,धार्मिक र सांस्कृतिक रुपमा धनी र ठूलो सुन्दर पनि छ । संसारको अग्लो शिर सगरमाथा,गौतम बुद्ध,पशुपति,हिमाल पहाड तराई,फरक पहिरहण,भाषा,संस्कृति नै नेपाली मौलिकता हो । यही हो नेपालीको परिचय,पहिचान र सम्पती हो । नेपालको संस्कृति र प्रकृति वास्तवमा हिरा हो । सुन हो हामीले यसलाई बेच्न र ब्राण्डिङ गर्न सक्नुपर्छ । संसारका मानिसहरुलाई नेपालको संस्कृति,परम्परा,प्रकृतिप्रति आकर्षित गर्नसक्यौं भने स्वाभाविक रुपमा नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै डलर आर्जन गर्नसक्छौं । हामीसँग भएको जंगल,जडिबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसक्यौं भने आर्थिक रुपमा धेरै माथि पुग्छौं। कृषिमा धेरै गर्नुपर्दैन । आत्मनिर्भर मात्रै भयौं भने पुग्छ । बेच्नुपर्दैन । संसारसँग प्रतिष्पर्धा गर्ने सामान बनाउन योग्य छैनौं । बनाएपनि प्रतिष्पर्धा गर्न सक्दैनौं । नक्कली भन्छन् । तर नेपालको पानीलाई विद्युतमा परिणत गरौं भने विश्वमा कसैले भन्ने छैनन् । नेपालको विद्युत,प्रकृति र संस्कृती नक्कली हो । हाम्रो साझा फूलबारी माथि फेरि कतिपय त्यस्ता तत्वहरुले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न खोजिरहेका छन् । तर नेपाली समाजले इतिहासदेखि अहिलेसम्म नेपाली समाजले प्रमाणित गरिसकेको छ । नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्दैन । साम्प्रादायिकता भड्काउने काम राजाको पालादेखि शुरु भएको हो । सेता मगुराली र अन्यको बीचमा काटाकाट गर्ने स्थिति बनाउने नाराहरु नेपालमा स्थापित बनाएका थियो । नेपालको २०७२ को संविधानले सबै परम्परा र सांस्कृतिक मूल्य मान्यताको संरक्षण,विकास,संवद्र्धन गर्ने तर आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको संस्कृति माथि आँच पुग्नु हुँदैन भन्ने स्पष्ट छ । लोकतन्त्रमा हामी सबैले सहिष्णुता कायम गरौं । यो पवित्र थलोबाट सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्नुपर्छ ।’

मन्त्री किराँतीले मुलुकमा गीतसंगीतको क्षेत्रबाट योगदान पु-याउने सष्ट्राहरुलाई राज्यले सम्मान गर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?