पूर्व मुख्यमन्त्री शाहीद्वारा अक्सिजन उत्पादन केन्द्र र एम्बुलेन्सको उद्घाटन

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 7 mins

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट स्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्रको स्थापना गरिएको छ ।

अक्सिजन उत्पादन केन्द्रको बिहीबार एक कार्यक्रमका विच कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले उद्घाटन गर्नुभएको हो । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ ।

अस्पतालमा भएका सबै शय्यामा अक्सिजन पाइप जडान गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारको लागतमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको हो । केन्द्रमा उत्पादन भएको अक्सिजन सिधै बिरामीको बेड सम्म पुग्ने ब्यवस्था मिलाइएको छ । पाइपबाट शय्या सम्ममै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वास, आइसीयूमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको प्रमुख सिंहले बताउनुभयो ।

अस्पतालमै अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न जिल्ला बाहिर नेपालगञ्ज, सुर्खेत पठाउनु पर्ने बाध्यताका साथै समय र खर्चको बचत भएको छ । प्लान्टले एक दिनमा १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको प्रमुख सिंहले बताउनुभयो । एकपटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।

एम्बुलेन्स सेवा पनि शाहीद्धारा उद्घाटन

भारत सरकारले एक वर्ष अगाडी सहयोग गरेको एम्बुलेन्स जिल्ला अस्पताल हुम्लामा पुगेको छ । उक्त एम्बुलेन्स भारत सरकारले जिल्ला अस्पताललाई अनुदानमा उपलब्ध गराएका हो । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बुधबार विहान उक्त एम्बुलेन्सको पनि उद्घाटन गर्नुभएको हो । काठमाण्डौंबाट केरुङ, हिल्सा हुँदै सदरमुकाममा रहेको जिल्ला अस्पतालमा पुगेको एम्बुलेन्सको पूर्व मुख्यमन्त्री शाहीले स्वयम आफै चालक बनेर तीस सेकेण्ड जती अस्पताल परिसरमा गाडी गुडाएर उद्घाटन गर्नुभएको हो ।

शाहीले भन्नुभयो, “ग्रामिण क्षेत्रका नागरिकलाई तत्काल उपचारका लागि आपतकालिन विरामीको लागि एम्बुलेन्स उपयोगी हुने छ ।” आफु हुम्लाकै छोरा भएकाले कोही पनि गरिब, दुखि विरामीले जिल्ला बाहिर उपचारका महंगो खर्च तिरेर नजाउन भनेर विशेषज्ञ चिकित्सक देखि स्वास्थ्य सामाग्री पर्याप्त उपलब्धताका लागि लागिपरेको शाहीले बताउनुभयो ”। हुम्ला सधै दुर्गम भनेर होइन्, अहिले यहीबाटै विशेषज्ञ सेवा यहाँका नागरीकलले पाइरहनुका साथै अझै भरपर्दो सेवा दिनका लागि आफु लागि परेको बताउनुभयो ।”

विगतमा कार्यालय सहयोगीलाई डाक्टर सर नमस्कार भनेर औषधि माग्नुपर्ने थियो । सानो दुर्घटना भय पनि सुविधाजनक स्वास्थ्य सेवा थिएन्, सामान्य विरामीले औषधि पाउँदैन थिए । अहिले ति सबै पिडाको अन्त्य हुनुका साथै विशेषज्ञ डाक्टरबाट सेवा पाउँदा गौराम्भित भएको शाहीले बताउनुभयो । त्यति मात्रै नभएर हुम्लामै डाक्टर, इन्जिनियरिङ, स्टाफनर्श पढेका र पढ्ने संख्या उल्लेखनीय रहेको उहाँको भनाई थियो । विरामि हुँदा पिठ्युँमा बोकेर, डोकोमा बोकेर सदरमुकामसम्म पुर्याउँदा समस्या हुन्थ्यो तर एम्बुलेन्स आएपछि यसको अन्त्य हुने विस्वाश शाहीको छ । शाहीले एम्बुलेन्सकाे चापी खोलेर आफै चालक बनेर एक मिनेट जती गाडी गुडाउनु भएको थियो ।

भारतको सहयोगमा आएको एम्बुलेन्सको उद्घाटन भएसंगै स्थानीय खुशी भएका छन् । अब सेवा ग्राहीले पैदल तथा डोको पिठ्युँ, स्टेचरमा बोकेर उपचारका लागि अस्पतालसम्म पुर्याउनु पर्ने दिन हटेको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारीले बताउनुभयो ।

नेपाली कांग्रेसका पूर्व जिलला पार्टी सभापति जयपति रोकायाले काठमाण्डौंबाट सिमकोट ल्याउन अहम भुमिका निर्वाह गर्नुभएको थियो । यस्तै काठमाण्डौं, केरुङ, चीनको सिमानाका हिल्सा हुँदै जिल्ला अस्पतालसम्म पुग्नका लागि रु सात लाख रुपैयाँ ढुवानी खर्च लागेको थियो । एम्बुलेन्स भारत सरकारले निःशुल्क सहयोग गरेको हो ।

अक्सिजन उत्पादन तथा एम्बुलेन्स उद्घाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री शाही, कर्णाली प्रदेश सभा सदस्य विजय बोहरा, जिल्ला समन्वय समितीका प्रमुख शिवराज शर्मा, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, प्रजिअ श्रीनाथ पौडेल, सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायालगायत राजनितिक दलका प्रतिनिधि,सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि लगायतको सभागीता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?