अमेरिका राष्ट्रपति भारत प्रस्थान, आज नयाँ दिल्ली पुग्ने

हिमालय टाइम्स
Read Time = 2 mins

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन हिजो (बिहीबार) अमेरिकाबाट भारत प्रस्थान गर्नुभएको छ ।

जी-२० शिखर सम्मेलनका लागि जो बाइडेन आज (शुक्रबार) भारत पुग्दै हुनुहुन्छ ।

भ्रमणको पहिलो दिन उहाँले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। ह्वाइट हाउसबाट जारी गरिएको बिज्ञप्ति अनुसार उहाँ जर्मनी, भारत र भियतनामको तीन दिने भ्रमण कार्यक्रम अनुसार देश बाहिर निस्कनु भएको हो तर उहाँ अधिकांश समय भारतमै रहनुहुनेछ ।

जो बाइडेन प्रस्थान गर्नु अघि ह्वाइट हाउसले भन्यो कि बिडेनमा कोरोना नेगेटिभ देखिएको थियो । जी-२० शिखर सम्मेलनको लागि भारत भ्रमणमा रहँदा रोग नियन्त्रण र रोकथाम केन्द्रको कोभिड १९ को दिशानिर्देशहरू पालना गर्नेछन्।

उल्लेखनीय कुरा के छ भने भारत प्रस्थान गर्नुभन्दा एक घण्टाअघि राष्ट्रपतिको अर्को कोभिड परीक्षण नेगेटिभ आएको थियो । अमेरिकाकी प्रथम महिला भर्खरै कोरोना संक्रमित भेटिनुभएको थियो । तर, आज उहाँको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

ह्वाइट हाउसले भने कि अमेरिका छोडेपछि बाइडेन शुक्रबार जर्मनीको रामस्टेमा रोकिनुहुनेछ । साँझ नयाँ दिल्ली पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गनुृहुनेछ ।

शनिबार औपचारिक स्वागत पछि बाइडेन जी-२० एक पृथ्वीको पहिलो सत्र र अर्को सत्र एक परिवारमा पनि उपस्थित हुनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?