लेखा अधिकृतसँग अनैतिक क्रियाकलाप गर्ने राईलाई कारवाहीका लागि सिफारिस

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 4 mins

इलाम । इलामको माईजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस गर्ने भएको छ ।

कार्यालयमा लेखा अधिकृतसँग अनैतिक क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएसंगै गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी गाउँपालिकाको प्रतिष्ठामा आँच आउने क्रियाकलाप गरेको निश्कर्ष निकाल्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने भएको हो ।

गाउँपालिकाको भदौ २१ गतेको निर्णय सार्वजनिक गर्दै कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुन बमोजिमको कारवाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृत रेश्मा राईलाई सात दिनको म्याद दिई स्पस्टीकरण पेश गर्न मौका दिईने गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले जानकारी दिनुभयो । उहाँले लेखा अधिकृत राईलाई स्पष्टीकरण पेश नभए सम्मका लागि लेखा अधिकृतको जिम्मेवारीबाट हटाउने निर्णय भएको समेत बताउनुभएको छ ।

गत १९ गते प्रशासकीय अधिकृत काजीमान र लेखा अधिकृत रेश्मा बिच कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो सामाजिक संजालमा बाहिरीएको थियो । भिडियो बाहिरिए पछि दुबै कर्मचारीलाई कारवाही गर्न माग गर्दै दवाब बढेको थियो ।

भिडियोमा के देखिन्छ ?

उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक फरक समयमा फरक फरक भिडियो तीन पटक पोष्ट भएको थियो ।

प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्वन गर्ने लगायतका काम गरेको भिडियोमा देखिन्छ ।

महिला कर्मचारी कार्यकक्षमा प्रवेश गर्नु अगाडि नै कुरेर बसेका प्रशासकीय अधिकृतले आउने वित्तिकै अँगालो हाल्छन् र चुम्वन गर्छन् । यस्तै, महिलाले पनि राईको गाला सुम्सुम्याउने गरेको देखिएको छ । त्यसपछि महिला कर्मचारीले खाममा रहेको पैसा गन्न दिन्छिन् । अधिकृत राईले पैसा गनेर पुनः महिला कर्मचारीलाई दिएको देखिन्छ ।

घटनाको गहन छानबिन गर्न नेपाली कांग्रेसको माग

घटनाको गहन छानबिन गर्न र सत्य–तथ्य बाहिर ल्याउन नेपाली कांग्रेस गाउँपालिका समितिले विज्ञप्ति जारी गरेको छ ।

पालिका सभापति नरेन्द्रकुमार देवानले विज्ञप्ति जारी गरी दोषीमाथि कडा कारबाही गर्न तथा पालिकाको गोप्य सिसिटिभी फुटेज बाहिर ल्याउने विषयमा समेत शंका पैदा भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा छिटो भन्दा छिटो सत्यतत्य बाहिर ल्याउन माग गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?