सुनको मूल्य घट्यो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अमेरिकी डलरमा आकर्षण बढ्दा सुनको मूल्य घटेको छ । अमेरिकी डलर मजबुत बन्दै गएका कारण त्यसतर्फ लगानीकर्ता आकर्षित हुँदा विश्व बजारमा सुनको मूल्यमा सामान्य कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार डलरको मूल्य मजबुत बन्दै गर्दा त्यसले सुन बजार अनिश्चित बनेकाले बजारमा उतारचढाव देखिएको हो ।

नेपाली बजारमा यस साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार पाँच सय ३५ रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार साताकै सबैभन्दा बढी अर्थात् प्रति १० ग्राम ९६ हजार आठ सय ८० रुपैयाँसम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार प्रति १० ग्राम ९६ हजार दुई सय ८० रुपैयाँमा झरेको छ, जुन साताको पहिलो दिनको तुलनामा प्रति १० ग्राममा दुई सय ५५ रुपैयाँले कमी हो भने साताकै उच्च मूल्य कायम भएको दिन सोमबारको तुलनामा प्रति १० ग्राम छ सय रुपैयाँले कमी हो ।

यस साता चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । साताको पहिलो दिन एक हजार दुई सय ५२ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य दोस्रो दिन साताकै सबैभन्दा बढी अर्थात् प्रति १० ग्राममा एक हजार दुई सय ५६ रुपैयाँ कायम भएको थियो भने साताको अन्तिम कारोबार दिन शुक्रबार प्रति १० ग्राम एक हजार दुई सय चार रुपैयाँ ५० पैसामा झरेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?