हरेक नेपालीको घर-घरमा संविधानको पुस्तक नि:शुल्क वितरण गर्न सर्वोच्चको परमादेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सर्वोच्च अदालतले हरेक नेपालीको घर–घरमा नेपालको संविधानको प्रति बाँड्न आदेश दिएको छ ।

न्यायाधीशहरु सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले हरेक नेपाली नागरिकको घरघरमा संविधानको प्रति बाँड्न सरकारको नाममा परमादेश जारी गरेको हो ।

अधिवक्ता विकास भट्टराईले आठ वर्षअघि अर्थात २०७२ सालमा रिट निवेदन दर्ता  गर्नुभएकाे थियाे। आफ्ना प्रतिनिधिले बनाएको संविधान हरेक नेपालीको घरमा पुग्नुपर्ने माग निवेदनमा गरिएको थियो ।

उक्त रिटमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरु अनन्तराज लुईंटेल, त्रिलोकबहादुर चन्द, विशालकुमार उपाध्याय, ऋषिराम घिमिरे, ज्ञानेन्द्रराज आरण, कीर्तिनाथ शर्मा पौडेल, डा. शिब यादब, जनकराज आचार्य, लीलाधर उपाध्याय, मुकुन्द अधिकारी, किशोर खतिवडालगायतले बहस गर्नुभएकाे थियाे ।

सोही निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले उहाँको माग बमोजिम आदेश जारी गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?