समाजवादी मोर्चाको सन्देशसभा बिराटनगरमा

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

बिराटनगर । समाजवादी मोर्चाले आज बिराटनगरमा सन्देशसभा आयोजना गर्दैछ ।

मुलुकका सात वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज बिराटनगरमा सन्देश सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा दिउँसो १२ बजेबाट सुरु हुनेछ ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दलगायतले उक्त सभालाइ सम्बोधन गर्नेछन् । सो सभाको आयोजना जसपा नेपालले गरेको छ ।

मोर्चाले सुदूरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?