श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं बोलाइयो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखलाई काठमाडौं बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशस्थित नेपाली दुतावास तथा कुटनैतिक नियोगका प्रतिनिधिहरूलाई काठमाडौं बोलाई दुई दिवसीय बैठक आयोजना गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार सो बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्री दाहालले गर्नु हुनेछ । श्रम आप्रवासनका सवालहरू र कुटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने सचिवालयले जनाएको छ।

वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम सो बैठकले गर्नेछ। बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रीत हुने जनाइएको छ ।

सो छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागीता रहनेछ।

बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवस्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ। यसप्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुँदैछ। बैठक सोमबार र मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक बरामद परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न ४ बजेसम्म खुल्ने सम्भावना खेतमा बेसार, किसानलाई बजारको चिन्ता मतदाता नामावली अद्यावधिक : काभ्रेमा दुई हजार ६०० मतदाता घटे रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने ट्रम्पको घोषणा, जेलेन्स्कीको आपत्ति काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने