शिभाली च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालकी शिभाली गुरुङ २०औँ जयकर स्मृति एटिएफ यू-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को गल्र्स सिंगल्समा च्याम्पियन बन्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले नेपालकै आद्या पौड्याललाई ६-४ र ६-१ को सोझो सेटमा पराजित गर्दै दोहोरो स्वर्ण जित्नुभएको थियो । यसअघि शिभालीले नेपालकी स्वस्तिका विष्टसँग मिलेर गल्र्स डबल्समा स्वर्ण जित्नुभएको थियो । ब्वाइज सिंगल्समा भारतका भिभान मिर्धाले नेपालका आयुशमान हजुर घलेलाई फाइनलमा ५-७, ७-६ (३) र ६-२ ले हराउँदै पहिलो स्थान हात पार्नुभयो ।

नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताकोे ब्वाइज डबल्समा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडी पहिलो भयो । फाइनलमा उक्त जोडीले पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीलाई सिधा सेटमा ६-४ र ६-४ ले पाखा लगायो ।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, नेपाल टेनिस संघका पूर्वअध्यक्ष मनोज राणा, नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे, प्रतियोगिता निर्देशक मालिका बस्नेत राणालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

६ दिने प्रतियोगितामा २६ ब्वाइज र १७ गल्र्स गरी ४३ खेलाडी सहभागी थिए । सिंगल्स र डबल्समा प्रतिस्पर्धा भएको थियो । एसियाली टेनिस महासंघको स्वीकृतिमा सञ्चालित प्रतियोगिताअन्तर्गत सर्किट-२ का खेलहरू सोमबारदेखि हुने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?