सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा आज बिहान स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
मलङ्गवा नगरपालिका–४, मा मलङ्गवाबाट गम्हरीयातर्फ आउँदै गरेको जेसीस अङ्ग्रेजी आवासिय विद्यालयको ना १ क ४९५१ नम्वरको बसले ठक्कर दिँदा कविलासी नगरपालिका–९ बस्ने जुगेश्वर महतोका छोरा वर्ष १८ का दीपेन्द्र महतोको मृत्यु भएको हो ।
बसले मलङ्गवातर्फ गइरहेको बीआर ०६ पीबी ३५१३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार कविलासी नगरपालिका– १० बस्ने हृदयनारायण महतोकी छोरी १७ वर्षीया सबनम गुप्ता र जगदिस महतोकी छोरी १७ वर्षकै पूजाकुमारी महतो घाइते भएका छन् ।
उनीहरुलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
घाइते दुईमध्ये पूजा कुमारीको अवस्था गम्भीर छ । दुर्घटनामा मृत्यु भएका युवक र घाइते भएका दुई युवती पनि अर्को विद्यालयका विद्यार्थी नै हुन् । दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको