हिसान भक्तपुर टेबलटेनिसमा मोर्डनको वर्चस्व

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । प्रथम हिसान भक्तपुर टेबलटेनिस प्रतियोगिता-०७९ मा  मोर्डन स्कुल भक्तपुरले वर्चस्व कायम गरेको छ । प्रतियोगिताअन्तर्गत छात्रातर्फ मोडर्न स्कुल/कलेज सृजनानगर भक्तपुरका दिया देउला प्रथम भइन । प्रतियोगितामा मोडर्न स्कुलकै रविना श्रेष्ठ दोस्रो र जनप्रेमी स्कुल/कलेज कौशलटारका देविना पौडेल तेस्रो भए ।

हिसान भक्तपुरको आयोजना र मध्यपुर थिमी कमेरोटारस्थित सुप्रिम एकेडेमीको संयोजनमा सन्चालित प्रतियोगिताको छात्रतर्फ  सुप्रिम एकेडेमी कमेरेटारका रिजेन श्रेष्ठ प्रथम भए । प्रतियोगितामा मोडर्न स्कुलरकलेज सृजनानगर भक्तपुरका राज कुँवर दोस्रो र मोडर्न स्कुलकै विकेन डिस्ट तेस्रो भए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी छात्रा र छात्रतर्फ क्रमशः जनप्रेमी स्कुलका देविना पौडेल र स्वागत बने । सुप्रिम एकेडेमीका प्रिन्सिपल तथा केन्द्रीय हिसानका सदस्य विरेन्द्र जयनाको सभापतित्वमा सन्चालित प्रतियोगिताको संयोजन सुप्रिम एकेडेमीका इन्चार्ज उदव कार्कीले गरेका थिए ।

प्रतियोगिताका विजयी खेलाडीलाई मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । यसअघि प्रतियोगिताको उद्घाटन १४ पुसमा मध्यपुर थिमी नगरपालिका भक्तपुरका उपमेयर विजयकृष्ण श्रेष्ठले गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?